आज सरस्वती पूजाको दिन, बालकदेखी ब्रिध्दसम्म सरस्वतीको शरणमा (फोटो फिचर)
आइतबार बसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ । यसै अवसरमा आइतबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्ने गर्दछ ।
आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ । यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ ।
यसै अवसरमा काठमाडौं उपत्यकाको स्वयम्भू, मैतिदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेमा सरस्वती पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाईन्छ भन्ने धार्मिक विश्वास छ ।
कोरोना महामारीका कारण अघिल्लो वर्षमा झै यस वर्ष पनि काठमाडौंको स्वयम्भु, मैतीदेवी, निल सरस्वतीस्थान लगायतमा आराधना गर्नेको संख्या पातलिएको छ ।
तस्बिरहरु- इकागज