एमसीसी पास गर्न देउवा र प्रचण्डद्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक (पत्रसहित)
काठमाडौंः सत्ता गठबन्धन दलले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र सार्वजनिक भएको छ । जवाफमा एमसीसीले यही फेब्रुअरी २८ तारिखभित्र एमसीसीबारे टुङ्गो लगाउन जवाफ पठाएको छ ।
पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरेर सेप्टेम्बर २९ मा वासिङटन डिसीस्थित एमसीसी बोर्डलाई पत्र पठाएका थिए।
गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष दाहालसमेत सहमत भएको पुष्टि भएको छ । अध्यक्ष दाहाल संसोधन नभई एमसीसी पास गर्न नसकिने अभव्यिक्ति दिँदै आएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठकमा संसदबाट एमसीसी पारित गर्ने प्रस्ताव गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा केन्द्रका अध्यक्ष दाहालले संसोधन नगरी एमसीसी पास गर्न नसकिने जवाफ दिएका थिए ।
एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि अध्यक्ष दाहाल चेपुवामा परेका छन् । प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्कटल्यान्डबाट स्वदेश फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसी पारित गर्ने प्रतिबद्धतासहित आफू र एकीकृत माओवादी केन्द्रका अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरी एमसीसी बोर्डलाई पत्र पठाएको खुलासा गरेका थिए। त्यही बेला दाहालले प्रधानमन्त्री देउवाको भनाइको खण्डन गरेका थिए ।
चिट्ठीको नेपालीमा अनुवाद र एमसीसीको जवाफ-