पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेको परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न

बेजिङस्टोक । आगमी चैत्र महिनामा पोखरामा दुई चरणमा सम्पन्न हुन गईरहेको पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेले गत २९ जनवरी २०२२ साल शनिबार बेजिङस्टोक स्थित कार्निभल हल कम्युनिटी सेन्टरमा परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट चार लाख पचास हजार बढी नेपाली रुपैया आर्थिक सहयोग (चन्दा) संकलन भएको कुरा पोखरेली मंच योकेको अध्यक्ष मान प्रसाद गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।

नेपाली राजदुताबास लण्डनको उपप्रमुख एवं प्रवक्ता श्रीमती रोशन खनालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय बेजिङस्टोक नेपाली समाजका अध्यक्ष तथा यूके स्थित अन्य नेपाली समाजहरुका अध्यक्षहरु तथा प्रतीनिधीहरुको उपस्थितीमा बिविध सांस्कृतिक कार्यक्रमहरुसहित हर्षोल्लासका साथ उक्त परोपकारी रात्रीभोज सम्पन्न भएको थियो । कार्यक्रममा लाईभ म्युजिक (प्रतक्ष्य गायन) सँगै स्थानीय कलाकारहरुले शास्त्रीय नृत्य र थुप्रै आकर्षक नाचहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा देव गुरुङ्ग, रबिन श्रेष्ठ, राजु गुरुङ्ग, श्री गुरुङ्ग, जीवन गुरुङ्गले प्रतक्ष्य गीत गाउनुभई उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए । नृत्य तर्फ महेश गुरुङ्गले उत्कृष्ट क्लासिक (शास्त्रिय) नृत्य प्रस्तुत गर्नुभएको थियो भने मल्लिका गुरुङ्ग र मलिसा गुरुङ्गले उत्कृष्ट नृत्य प्रस्तुत गरी मनोरन्जन गराएका थिए । “जाउ है पोखरा” भन्ने बोलको गीतमा धेरैजनाले रमाइलो मानेर नाचेका थिए ।

कार्यक्रममा देव गुरुङ्ग, रबिन श्रेष्ठ र पहलसिह थापालाई प्रमुख अथिति उपनियोग प्रमुख श्रीमती रोशन खनालको बाहुल्यताबाट दोसल्ला र प्रसंशापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बरिष्ठ गायिका मीरा राणालाई पनि सम्मान गरिने योजना रहेको थियो तर कोभिडको कारण उहाँ उपस्थित हुनसक्नु भएन ।

उक्त परोपकारी रात्रीभोज कार्यक्रममा गैर अवासीय नेपाली संघ यूकेको निवर्तमान अध्यक्ष श्रीमती पुनम गुरुङ्ग, एनआरएनए यूकेकै पुर्व अध्यक्ष योग कुमार फगामी, नेपाल रन क्लब युकेका अध्यक्ष सन्तोष राई, काउन्सिलर लक्ष्य गुरुङ्ग, बेजिङस्टोक तमु समाज युकेको अध्यक्ष दुर्गा गुरुङ्ग, तमु समाज युकेको अध्यक्ष शिव कुमार गुरुङ्ग तथा पदाधिकारीहरु, क्वोने (घोतानेघोण्डे) गुरुङ समाज यूकेको अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ्ग, नेपाली समाज युकेको अध्यक्ष अ.ले. चन्द्र गुरुङ्ग, रामबजार सोसाइटी युकेको अध्यक्ष श्री पहलमान गुरुङ्ग, हङकङ नेपाल मंच युकेको पुर्व अध्यक्ष भिममहेन्द्र गुरुङ्ग, चन्द्र कुमार सुनार, भोजराज वराल, सपन कुमार राई, मन्जु गुरुङ्ग राई, म्याराथन धावक पान्डव महतो आदि उपस्थिती हुनुहुन्थ्यो ।

श्रीमती मधु गुरुङ्गको संयोजकत्वमा कलाकार, पबित्र गुरुङ्गको समन्वयमा कार्यसमितीका पदाधिकारी र विक्रम भट्टराईको संयोजकत्वमा स्वयम सेवकहरुले कार्यक्रम परिसरमै स्वादिष्ट नेपाली परिकारहरु पकाउनु भएको थियो । बेजिङ्स्टोक निवासी बल थापा, पुनम गुरुङ, ओम गुरुङ, दुर्गा गुरुङ, मुना गुरुङ, योग कुमार फगामीले खानाको प्रायोजन गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता पोखरेली मंच युकेको अध्यक्ष मान प्रसाद गुरुङ्गले गरेको थियो भने कार्यक्रम संचालन उपाध्यक्ष श्री कर्म गुरुङ्गले सन्चालन गर्नुभएको थियो ।

कार्यक्रमबाट उठेको आर्थिक सहयोग (चन्दा) एकमुष्ठ हिसाब गरेर छिट्टै पोखरा अन्तराष्ट्रिय म्याराथन आयोजकलाई हस्तान्तरण गरिने कुरा पोखरेली मंच यूकेको अध्यक्ष मान प्रसाद गुरुङले जानकारी गराउनुभएको छ । पोखरेली मंच यूकेले पोखराको प्रबद्र्धन र खेलकुदको लागि यूकेमा बर्षेनी बिभिन्न कार्य्रक्रमहरु आयोजना गर्दछ । यीनै कार्यक्रमहरुबाट उठेको रकम (चन्दा) स्वदेशको (नेपालको) खेलकुद तथा पर्यटन प्रबद्र्धदनको लागि सहयोग गर्दै आइरहेको छ ।