घान्द्रुकको ज्ञान गुरुङ कन्सर्भेटिभ पार्टीबाट काउन्सिलर उम्मेदवार
लण्डन । बेलायतमा नेपालीहरु संख्या बढेसँगै स्थानीय राजनीतिमा पनि नेपालीहरुको संलग्नता तथा उपस्थिति बढ्दै गएको छ । बिशेष गरेर ब्रिटिश गोर्खाबाट अबकाश प्राप्त गोर्खा भेटरानहरुको चासो तथा संलग्नता बेलायती राजनीति क्षेत्रमा बढ्दै गएको छ । बेलायतमा आगामी मे महिनामा हुने स्थानीया चुनावमा केही अबकाश प्राप्त गोर्खाहरुले बिभिन्न पर्टीको तर्फबाट उम्मेदवारी पाएका छन वा भएका छन ।
यसै क्रममा पुरानो घर घान्द्रुक भई हाल बेलायत स्विन्डन निवासी नेपलीज एसोसियसन अफ विल्टसायरका बर्तमान अध्यक्ष भुपु गोर्खा ज्ञान प्रसाद गुरुङ (ज्ञान गुरुङ) पनि आगामी मे महिनामा हुने स्थानीय चुनावमा विल्टसायर बोरो काउन्सिल अन्तर्गत वेष्टली, मिनिङटन र रोडबाउन क्षेत्र (वार्ड)को लागि कन्सर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलरका लागि उम्मेदवार भएको छ ।
विल्टसायर नेपलीज एसोसियन, स्विन्डेन एक्स आर्मी (भुपु सैनिक) क्लब र अन्य सामाजिक संघसंस्थाहरु सँग संलग्न भएर समाजसेवा गर्दै गर्दा स्थानीय काउन्सिलसँग सहकार्य गर्नुपर्ने र हुनुपर्ने भएकोले काउन्सिलरकै रुपमा सेवा गर्ने इच्छा जागेकोले कान्सिलर पदको लागि उम्मेदवारी दिएको कुरा खबर यूकेलाई जानकारी गराउनुभयो । राज्यको मुल नीति नै राजनीति भएकोले सामाजिक कार्यदेखि राष्ट्रिय अन्तराष्ट्रिय नीति नियम निर्माणमा राजनितिज्ञहरुको वा पदाधिकारीको बिशेष भूमिका रहने भएकोले स्थानीय स्तरमै (सानै वा थोरै) भएपनि स्थानीय जनताहरु माझ रहेर उनीहरुको सेवा सुबिधाहरु पहल गर्न वा कार्यन्वयन गर्न आफुले उम्मेदवार दिएको कुरा बताउनुभयो । सबैभन्दा प्रमुख कुरा- गुरुङले आफु बसोबास गरिरहेको क्षेत्र विल्टसायरमा नेपालीसहित बिभिन्न जातजातीहरु (अप्रबासीहरु) र स्थानीयहरुबिच मेलमिलाप र सम्बन्ध थप मजबुत बनाउन चाहेको कुरा बताउनुभयो यध्यापी मेलमिलाप नरहेको वा नभएको भने होइन । काउन्सिलर भएर नेपालीहरु र स्थानीयहरुको सेवा सुबिधाको लागि थप सेवा गर्ने उहाँको मुल उध्देश्य रहेको छ ।
खबर युकेका सदस्य ईन्द्र घोथानेले तपाईले किन कन्जर्भेटिभ पार्टी रोज्नु वा लाग्नुभएको भन्ने प्रश्नमा गुरुङले आफ्नो पार्टीलाई जसले नि राम्रो मान्छन र भन्छन नै, अरु पार्टीलाई नराम्रो भनी आक्षेप लगाउनु भन्दा तुलनात्मक रुपमा कन्सर्भेटिभ पार्टीले राम्रो गरिराखेको हुनले आफुले यस पार्टीलाई रोजेको बताउनुभयो । जस्तो- शैक्षिक, आर्थिक, रोजगारी र बिशेष गरेर कोरोना महामारीको समयमा देशलाई स्थिर र सन्तुलनमा राख्न कन्सर्भेटिभ सरकार सफल भएको कुरा बताउनुभयो । त्यस्तै, बेलायतको राजनीतिमा किन लाग्नु भयो भन्ने प्रस्नमा- सर्बप्रथम त हामी जहाँ बस्यौ त्यहीको रहनसहन, नितीनियम र राजनीतिसँग घुलमिल हुनसक्नुपर्दछ । स्थानीय स्तरमा भए पनि यही यूकेकै हक अधिकार अनि नियम कानुनहरु बुझ्न बुझाउन र नयाँ पुस्ताहरुलाई बाटो देखाउने सोचले यही यूकेको राजनीतिमा लागेको कुरा बताउनुभयो ।
विल्टसायर नेपालीज एसोसियन र स्विन्डेन एक्स आर्मी क्लब मार्फत सामाजिक कार्य गरिरहँदा आफ्नो कार्यबाट स्थानीय काउन्सिलरहरु प्रभावित भएको हुनसक्ने र आफुलाई यस किसिमको मौका दिएको हुनसक्ने कुरा गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो र आफ्नो लक्ष्य पनि यिनै स्थानीया निकायहरुले अपेक्षा गरे जस्तै सेवा गर्ने रहेको कुरा बताउनुभयो । गुरुङले आफु बिजयी वा पराजित जे भएपनि समाजलाई सकेको योगदान निरन्तर दिईराख्ने, काउन्सिलर बन्ने आफ्नो कोशीस मात्र रहेको कुरा ब्यक्त गर्नुभयो ।
संन १९९१ मा भर्ती भएका ज्ञान गुरुङ सुरुमा 1/2 GR पल्टनमा हुनुहुन्थ्यो भने पछि 1 RGR बाट अबकास प्राप्त भएका हुन । संन २००५ मा अबकास भए यता ज्ञान गुरुङ आफ्नो परिवारका साथ स्विन्डनमा बसोबास गर्दै आइराखेका छन । गुरुङ बेलायत स्थित बिभिन्न नेपाली संघसंस्था तथा स्थानीय विल्टसायर काउन्सीलको बिभिन्न संघसंस्थाहरुमा संलग्न छन । विल्टसायर क्षेत्रमा/बाट यसरी काउन्सिलर पदका लागि उम्मेदवार पाउने/हुने उनी पहिलो भुपु गोर्खा हुन ।