म्यानचेस्टर युनाईटेडका फरवार्ड मेसन ग्रीनउड पक्राउ

एजेन्सी । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मेसन ग्रीनउड पक्राउ परेका छन् । इंग्ल्यान्ड प्रहरीले प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउडलाई पक्राउ गरेको हो ।

इंग्ल्यान्ड प्रहरीले ग्रीनउड पक्राउ गरेको पुष्टि गरेको छ । ग्रीनउडमाथि अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेका थिए । रगत बगिरहेको र शरीरमा निलडाम भएको तस्बीरहरु भाइरल बनेको थियो ।

विवादमा तानिएपछि युनाईटेडले उनलाई निलम्बन गरिसकेको छ । अर्को सूचना नआएसम्मका लागि उनलाई प्रशिक्षण र खेलमा निलम्बन गरिएको युनाईटेडले जनाएको छ ।