एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण, पत्रकार सम्मेलन स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ । हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन् । आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए तर अध्यक्ष अश्वास्थ हुनुभएपछी नेकपा एमाले समसमायिक बिषयमा प्रेस वक्तव्य जारी गर्ने भएका छन । अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस वक्तव्य आउन लागेको हो ।
‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक विषयमा अध्यक्षको प्रेस वक्तव्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने । यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ ।