लिपुलेकमा भारतले सडक निर्माण गर्दा सरकार मौन बसेको भन्दै राप्रपाले जनायो आपत्ति
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको भन्दै आपत्ति जनाएको छ । ‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताविरुद्धमा छ,’ राप्रपाले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “कालापानी लिपुलेक नेपाली भूमि हो । आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’