बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी, बतासको वेबसाइट डाउन

काठमाडौँ — कांग्रेस नेतृ एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आफ्नो संलग्नताबारे आएका समाचार गलत भएको दाबी गरेकी छन् । व्यावसायिक घराना बतास समूहसँग राणाको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत आफू संलग्न भएका छ वटा संस्थाहरूको विवरण प्रस्तुत गर्दै अन्य संस्थाहरूसँग आफ्नो संलग्नता नरहेको दाबी गरेकी छिन् ।

उनले राखेको आफू संलग्न संस्थाहरूको सूचीमा बतासको नाम छैन । तर, यसअघि बतास फाउन्डेसनको वेभसाइटमै सल्लाहकारको रुपमा उनको नाम उल्लेख थियो । त्यसबारे समाचार प्रकाशन भएपछि बतासले आफ्नो वेभसाइट अहिले चल्न नमिल्ने बनाएको छ । बतासको अर्काइभमा भने आर्जुको नाम कम्पनीको सल्लाहकारकै रुपमा देख्‍न सकिन्छ ।

बतास कम्पनीले आफ्नो आधिकारीक वेबसाइट चल्न नमिल्ने बनाएपछि अर्काइभभित्र आरजुलाई फाउण्डेशनको सल्लाहकारमा राखिएको देख्‍न सकिन्छ ।

आरजु संलग्न संस्थाहरू

  • संस्थापक एवम् अध्यक्ष, सुरक्षित मातृत्व संञ्जाल महासंघ नेपाल
  • अध्यक्ष, नामी
  • अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, युलेन्स स्कुल
  • संस्थापक अध्यक्ष तथा सल्लाहकार, ग्रामीण महिला तथा एकता केन्द्र, नेपाल

विवादमा आएपछि बतासको साइट हेर्न नमिल्ने बनाइयो, आरजुको संलग्नता पुष्टी

प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ । बतास समूह पछिल्लो पटक विवादमा आएपछि आरजु सल्लाहकार रहेको बतास फाउण्डेशनको आधिकारिक वेभसाइट नै हेर्न नमिल्नेगरि बन्द गरिएको छ ।

बतास फाण्डेशनको https://batasfoundation.org/ तत्काल हेर्न नमिल्ने बनाइए पनि सो साइटको अर्काइभमा उनीसहित सल्लाहकार टिमको नाम देख्न सकिन्छ ।

बतास समूह विवादमा आएपछि अहिले सो पेज प्राइभेट गर्दै सार्वजनिक रुपमा हेर्न नमिल्ने बनाइएको हो । सो समूहका सल्लाहकार बोर्डमा च्यारिस वार्डल,डा. आरजु राणा देउवा, डा. सुमन के कर्ण, खेमराज उपाध्यायको नाम छ । बतास समूह निकट स्रोतका अनुसार आरजु सल्लाहकारमात्र होइन सो व्यापारिक समूहको व्यवसायिक साझेदार पनि हुन् । गाडीका पार्टपुर्जा र क्रसर लगायतका व्यवसायमा उनको पनि हिस्सेदारी छ ।