माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड सर्वसम्मत चयन, चुनौती र अबसर दुबै
काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पश्चात् सोमबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएपछि बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले नेतृत्वका लागि आफूलाई अन्तिम अवसर प्राप्त भएको बताउनुभएको छ । फेरि पनि आगामी पाँच वर्षका लागि अध्यक्षको जिम्मेवारी पाउनुभएको उहाँले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभएको छ ।
‘मलाई यो पार्टी, केन्द्रीय समिति र श्रमजीवीजनताले मलाई इतिहासका गम्भिर मोडहरुमा गम्भिर भूमिका खेल्ने अवसर दिएको छ ।’, प्रचण्डले प्रतिक्रिया दिनुभएको छ ।
आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मतबाट चयन गरे पनि अन्य पदाधिकारीको टुंगो भने लाग्न सकेन । माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले आजको बैठक सकिएको र अर्को बैठक एक हप्तापछि बस्ने जानकारी दिनुभएको छ ।
माओवादीका केन्द्रीय सदस्यबाट पद तथा गोपनियताको सपथ ग्रहण
त्यस्तै आठौं महाधिवेशनबाट चयन हुनुभएको केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनु भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।
यो मेरो लागि अन्तिम अवसर र चुनौति हो : प्रचण्ड
नेकपा माओवादीको अध्यक्षमा फेरि पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्। पार्टीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अध्यक्ष चयन भएपछि प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएको बताएका छन्। उनले नेपाली र नेपाली जनताको सेवा गर्ने यो अन्तिम अवसर भएको बताए। ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु। नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उनले भने।
उनले उमेर हदका कारण होस् या अन्य कुनै कारणले होस् पार्टी, जनता र देशको लागि अन्तिमपटक सेवा गर्ने अवसर पाएकोमा सबैलाई धन्यवाद दिए। उनले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
रासस ।