विबिध कार्यक्रमसहित हर्षोलासकासाथ तमु धिं यूकेले तो-ल्होछार मनाइयो
अल्डरसट । गत बर्ष कोभिड १९ कारण भर्च्युल ल्होछार मनाएको तमु धिं यूकेले यसपटक भने अल्डरसट स्थित एम्पायर हलमा बिबिध कार्यक्रमसहित हर्षोलासकासाथ भब्य अनि सभ्य रुपमा “तो ल्हो/बाघ बर्ग” ल्होछार मनाएको छ । हिजो डिसेम्बर २६ तारिख २०२१ साल आइतबार एम्पायर हल अल्डरसटमा संयुक्त अधिराज्यको लागि नेपाली कार्यबाहक राजदुत श्रीमती रोशन खनाल तथा गैर आवसीय नेपाली संघ यूकेको अध्यक्ष प्रेम गाहा मगरको प्रमुख अथितिमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाएको हो ।
कार्यबाहक राजदुत श्रीमती रोशन खनाल, तमु धि यूकेको अध्यक्ष हितकाजी गुरुङ र उहाको श्रीमती आमासमुह अध्यक्ष सीता गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र कार्यक्रम संयोजक उपाध्यक्ष जुमकाजी गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको समुध्दघाटन गरेको थियो । कार्यक्रममा ल्होछार कार्यक्रम २०२१ को संयोजक जुमकाजी गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य दिनुभएको थियो । त्यस्तै संयुक्त अधिराज्यका लागि कार्यबाहक नेपाली राजदुत श्रीमती रोशन खनालले तमु धिं यूकेले आयोजना गरेको ल्होछार कार्यक्रमले बिदेशमा पनि नेपाली संस्कार संस्कृति प्रबर्ध्दन गर्न र जोगाउनेमा टेवा पुर्याएको कुरा बताउनुभयो । कार्यबाहक राजदुतले स्वास्थ्य सुरक्षा अपनाउन र सजक रहन अनुरोध गर्नुभएको थियो ।
निर्धारित समयमा शुरु भएको कार्यक्रममा आसन र भाषण भने एकदमै न्यून थियो । औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांगीतिक कार्यक्रममा नेपालबाट आएका गायिका पवित्र गुरुङ तथा स्थानीय कलाकार रचना गुरुङको बेजोड प्रस्तुति रहेको थियो । त्यस्तै सयपत्री कल्चरल ग्रुप यूकेले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए भने तमु धिं लण्डन एकाईका कलाकारद्वय हेलिसा गुरुङ र बिनु गुरुङले आकर्षक नाँच प्रस्तुत गरेकी थिइन् । अनि छोइङ डोल्माको फुलको आँखामा फुलै संसार भन्ने चर्चित गीतबाट गाउन सुरु गरेका पवित्रले आफ्नै स्वरको चर्चित गुरुङ गीत “लै सारा मुनसम्मा” भन्ने चर्चित गुरुङ गीत र अहिलेको “डाँडा घरे साइली” जस्ता चर्चित गीत गाएका थिए । उनीहरुको गायनमा प्रमुख अतिथि, विशेष अतिथि लगायत दर्शकहरुले भरपूर मनोरञ्जन लिए । सो अवसरमा गीत तथा नृत्य प्रस्तुत गरेका कलाकारलाई तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले मायाको चिनो र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा नगद पाँचसय पाउन्ड, मेडल र प्रमाणपत्रसहितको स्वर्गिय डा हर्क गुरुङ स्मृति पुरुस्कार जिसीएसएमा उत्कृष्ट अंक ल्याउने तमु छात्र नम गुरुङलाई प्रदान गरिएको थियो भने तमु धिं यूकेको वार्षिक मुखपत्र फ्रेंसी पत्रिकाको १९औ अंक पनि बिमोचन गरिएको थियो । फ्रेंसी पत्रिकाको सम्पादन सधैंको जस्तो लेखक तथा गीतकार तमु धिं यूकेको सल्लाहकार एकेन्द्र गुरुङले गर्नुभएको थियो भने डिजाइन र छाप्ने काम नेपाल पोखराका यानी गुरुङले गरेको थियो । रमाइलो कार्यक्रम चिठ्ठामा प्रथम पुरुस्कार एक तोला सुन मन्जु गुरुङ राई, दोस्रो पुरुस्कार ट्याबलेट मदन गुरुङ र तेस्रो पुरुस्कार नगद एकसय पाउण्ड श्रीमती ध्रुब गुरुङले प्राप्त गरेका थिए । पुरुस्कारहरु क्रमश: भर्मा जेवेलर्स, पिपल मार्गेज र चाइना ओरियन्टलले प्रायोजन गरेका थिए ।
बेलायतस्थित तमुहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा तमुधिं युके आमा समूहले प्रवेशद्वारमा पाहुनाहरुको स्वागत, जलपान तथा टिकटको विशेष व्यवस्थापन गरेको थियो । त्यस्तै, सपन इन्टरटेनमेन्टका सपनकुमार राईले साउण्ड सिस्टम व्यवस्थापन, मिलन तमुले फोटोग्राफी र सविन्द्र कुमार गुरुङले भिडियोग्राफीको जिम्मेवारी लिएका थिए । त्यस्तै कार्यक्रमलाई एभरेष्ट मेडिया, गोर्खा मेडिया, नेपालीलिन्क र खबर यूकेले प्रतक्ष्य प्रसारण गरेका थिए ।
कार्यक्रमलाई भर्मा ज्योलर्स प्लम्सस्टेड, पिपल मर्गेज, चाइना ओरियन्टल, आइएमइ लण्डन, पेपरवर्क सोल्युसन, गोर्खा मर्गेजका, हाइट मार्गेज, एभरेष्ट क्यास एण्ड क्यारी, गोर्खा ट्राभल, एसिया ओरीयन्टल र एम्पायर हल लगायतका ब्यापारिक संघ संस्थाहरुले प्रायोजन गरेका थिए ।
तमुधिं युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष जुमकाजी गुरुङले संयोजन गरेका थिए । सचिव प्रेम गुरुङले हेल्थ एण्ड सेफ्टीबारे र महासचिव पर्शुराम गुरुङले औपचारिक कार्यक्रम संञ्चालन गरेका थिए । कोभिड ओमिक्रोनको बढदो सन्क्रमणबिच पनि गुरुङहरुको संस्कार संस्कृति जोगाउन कार्यक्रम गर्नुपरेको र सफल भयौ भन्ने लागेको कुरा संयोजक जुमकाजी गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । कार्यक्रममा स्वास्थ्य सुरक्षा सम्बन्धमा कडा सजकता अपनाइएको थियो ।