तमु धिं यूकेको ल्होछार कार्यक्रमको तयारी पुरा, उपाध्यक्ष तथा संयोजक जुमकाजी गुरुङ
कोभिड बिरुध्दको दुबै डोज खोप अनिवार्य लगाएको हुनुपर्ने । प्रबेशद्वारमा ज्वरो वा तापक्रम नाप्ने र आवश्यक लागेमा र्यानडोम कोभिड परिक्षण पनि गरिने ।
लण्डन । तमु धिं यूकेको उपाध्यक्ष तथा ल्होछार कार्यक्रम २०२१ संयोजक जुमकाजी गुरुङले तमु यूकेको ल्होछार कार्यक्रम २०२१ को सम्पूर्ण तयारी पुरा भएको कुरा खबर यूकेलाई जनकारी गराउनुभएको छ । बिगतमा तमु धिं यूकेको ल्होछार कार्यक्रम रिडिङमा हुने गरेता पनि यस बर्ष अल्डरसट स्थित एम्पायर हलमा ल्होछार कार्यक्रम मनाउने कार्यक्रम रहेको छ । कोभिड ओमिक्रोन भेरियन्टको संक्रमण बढेता पनि स्वास्थ्य सुरक्षा नियम र बिधि अपनाउदै कार्यक्रम आयोजना गर्ने कुरा उपाध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।
संयोजक गुरुङको अनुसार कार्यक्रममा उपस्थित सबैले कोभिड विरुध्दको दुबै डोज खोप लगाएको हुनुपर्ने र कार्यक्रम स्थलको प्रबेशद्वारमा सबैको अनिबार्य ज्वोरो (तापक्रम) मापन गरिने कुरा जानकारी गरानुभयो । उपस्थित सबैले कोभिडको दुबै खोप लगाएको प्रमाण (स्क्यान कोड) देखाउनु पर्नेछ । साथै आवश्यक लागेमा र्यानडोम कोभिड टेस्ट (परिक्षण) पनि गरिने कुरा जानकारी गराउनुभयो ।
सधैंको जस्तो कार्यक्रम भरमुग्धर मनोरन्जनपूर्ण रहनेछ । कार्यक्रमको लागि गायिका पवित्र गुरुङ हिजै मात्रा यूके आइपुगेकी छिन् । गीत संगीत सँगै नियमित कार्यक्रमहरु फ्रेसी वार्षिक मुखपत्रको बिमोचन, यूकेको उत्कृष्ट तमु बिद्यार्थीलाई डा हर्क गुरुङ पुरुस्कार- नगद पाँचसय पाउण्ड, प्रमाण पत्र र मेडल प्रदान गरिनेछ । साथै कार्यक्रममा रमाइलो कार्यक्रम चिठ्ठा (राफल ड्र) गरिनेछ जसको प्रथम पुरुस्कार प्लम्स्टेड स्थित भर्मा जेवेलरीका मालिक मोहन गुरुङ, दोस्रो पुरुस्कार पीपल मर्गेजका निर्देशक सुर्य गुरुङ र तेस्रो पुरुस्कार चाइना ओरियन्टल अल्डरसटको मालिक कमल क्वोने गुरुङले प्रायोजन गर्नुभएको छ । कार्यक्रमलाई सफल बनाउन यूकेस्थित थुप्रै ब्यवसायीक संघसंस्थाहरुले प्रायोजन गर्नुभएका छन ।
तमु धिं यूकेको आजीवन सदस्यहरुलाई नि:शुल्क र अन्य गैर सदस्यहरुको लागि प्रबेश शुल्क १५ पाउण्ड तोकिएको छ जसमा निशुल्क खानाको ब्यवस्था गरिएको छ । बेलुका ५ बजेबाट शुरु हुने उक्त कार्यक्रम रातको ११:५९ बजे समाप्त हुनेछ ।
कार्यक्रममा नेपाली राजदुतावासको उपनियोग प्रमुख रोशन खनाल र गैर आवसीय नेपाली संघ यूकेको अध्यक्ष लगायत बिशिष्ट ब्यक्तित्वहरुको उपस्थित हुनेछ । बिशेषत: गुरुङहरुको ल्होछार कार्यक्रम भएपनि यूकेबासी सबै नेपालीहरुले कार्यक्रममा भाग लिन सकिने र सबै यूकेबासी नेपालीलाई ल्होछार मनाउन आउनुहुन संयोजक उपाध्यक्ष जुमकाजी गुरुङले खबर यूकेमार्फत निमन्त्रणा गर्नुभएको छ । साथै उहाँले तमुहरु र गैर तमुहरुलाई ल्होछारको आशिमालाँ, मेरी क्रिसमस तथा अङग्रेजी नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभएको छ ।
गुरुङहरुको (तमुहरुको) बर्ग चक्र अनुसार यस साल गाई बर्गलाई (ल्वो ल्होलाई) बिदाइ गरेर बाघ बर्गलाई (तो ल्होलाई) स्वागत गर्ने बर्ष हो । यूके लगयात बिभिन्न देशका गुरुङ र गुरुङ संघसंस्थाले ल्होछार धुमधामसँग मनाइन्छन ।