६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन अनिबार्य होटल क्वारेन्टिन बस्नुपर्ने
कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो ।
सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ । नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको छ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् सूचना