कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् ।
गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन् । उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो। अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ ।
गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । शेखरकै प्यानलबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल भने पाँचौं नम्बरमा आएका छन् । सभापति जितेका शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल तेस्रो र चौथो भएका छन् । विश्वप्रकाश पछिल्लो समय देउवा प्यानलमै थिए । तर उनले उम्मेदवारी घोषणा गर्दा एक्लै गरेका थिए । देउवा समूहमा आफ्नो नाम नपरेपछि उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
युवा पुस्ताका महामन्त्रीद्वयको काँधमा कांग्रेस, कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने वाचा
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसंगत ढंगले सुदृढ बनाएर लैजाने बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।
‘महाधिवेशनमा मलाई महामन्त्री पदको जिम्मेवारी दिलाउने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । यो विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु,’ उनले भने । परिवर्तनका सम्वाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उनले महामन्त्रीमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिलाई एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिने विश्वास दिलाए ।
उनले आफूसँग निर्वाचित भएका पदाधिकारीसँग मिलेर पार्टी सभापतिलाई काम गर्न तागत पुर्याउने र पार्टीलाई व्यवस्थित बनाउने उल्लेख गरे । मत धेरै पाउनु भनेको विश्वास पनि धेरै पाउनु हो भन्दै उनले परिपक्व ढंगबाट जिम्मेवारी निर्वाह गर्ने बताए । नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा दुई युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताए ।
देशले दुई युवा महामन्त्रीले हल बाँधिएर काम गरुन् भन्ने अपेक्षा गरेकाले आफू सोहीअनुसार अगाडि बढ्ने उद्घोष गर्दै उनले निर्वाचनको प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गरेर देखाउने बताए । निर्वाचनबाट निश्चित व्यक्तिको विजयभन्दा पनि बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उनले उल्लेख गरे । आफूलाई फरकफरक समूहबाट पनि आएका मतको कदर गर्ने विश्वास दिलाउँदै महामन्त्री शर्माले रूपान्तरित कांग्रेस बनाई आगामी निर्वाचनमा विजयी गराउने लक्ष्यका साथ अगाडि बढ्ने धारणा व्यक्त गरे ।
महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको मतदानको आज सम्पन्न मतगणनामा महामन्त्री पदमा थापा र शर्मा विजयी भएका हुन् । थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत ल्याए। त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार डा प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा चार हजार ६८२ मत खसेकामा सबैभन्दा बढी मत थापाले ल्याएको हो भने शर्माले दोस्रो बढी मत प्राप्त गरे ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने क्यानको अनुमतिबिना कुनै पनि खेलाडीले बोल्न नपाउने बताउँछन् । ‘क्यानको अनुमतिबिना बोल्न नपाइने कुरा आचारसंहितामा छ । त्यसमा केही खेलाडीले हस्ताक्षर गर्नु भएको छ। त्यो उल्लंघन गरेको देखियो। सफाइको मौका दिन पनि सफाइ दिनुको सट्टा क्यानसँग उल्टै स्पष्टीकरण मागेको देखियो,’ चन्दले भने । तर खेलाडीहरूले आफ्ना असन्तुष्टि राख्न पाउने केन्द्रीय सदस्य लामा बताउँछन्। उनले भने, ‘वाक् स्वतन्त्रता अभ्यास गर्दा, अन्यायमा परेका खेलाडीको लागि आवाज उठाउँदा, आफ्नो नैसर्गिक अधिकारलाई प्रयोग गर्दा क्यानले गरेको यो निर्णय अतिवादी हो ।’
आफूलाई कारबाही गर्ने विषयमा खेलाडीहरूले केही प्रतिक्रिया दिइसकेका छैनन्। यद्यपी राष्ट्रिय टिमका केही खेलाडीहरूले भने इन्स्टाग्राममार्फत विरोध जनाइसकेका छन् । क्यानले खेलाडीमाथि कारबाही गर्ने निर्णय इन्स्टाग्रामको स्टोरीमा राख्दै खेलाडीले ‘आई एम डन’ भनेर लेखेका छन्। यसको संकेत आफूहरूले पनि छाड्ने देखिन्छ । इन्स्टाग्राममा विरोध जनाउनेमा करण केसी, कुशल भुर्तेल, अभिनास बोहरा, रोहितकुमार पौडेल र विनोद भण्डारी छन् ।
खेलाडीमाथिको कारबाहीलाई लिएर समाजिक सञ्जालमा अधिकांसले विरोध गरेका छन् । आफ्नो असन्तुष्टि व्यक्त गरेकै भरमा खेलाडीमाथि कारबाही गर्नु उचित नभएको अधिकांसको भनाइ छ ।