एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्युरो [सूची]

काठमाडौँ — नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो सदस्यहरुको नामलाई अनुमोदन गरेको हो ।

घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, राजन भट्टराई, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ रहेका छन् ।

त्यसैगरी, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, पर्शुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमल चौलागाई, ईश्वरी रिजाल, जीतु गौतम, बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरबहादुर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी सदस्य रहेका छन् ।

अन्य पोलिटब्युरो सदस्यमा लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावल, नारदमुनी राना, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, विशाल भट्टराई, गणेशसिंह ठगुन्ना, खिमलाल भट्टराई, दघिराम न्यौपाने, ठाकुर गैरे, तिलबहादुर मोयाङ्वो रहेको छ ।

त्यसैगरी, गौरी वली, निरु पाल, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सिता गिरी वली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, सूर्य थापा, मनकुमारी जिसी, सुशीला नेपाल, पार्वत गुरुङ, नरुलाल चौधरी, बिन्दा पाण्डे रहेका छन् ।

अधक्ष्य ओलीको केन्द्रीय सदस्य मनोनयन प्रस्तावमा पदाधिकारीहरूको विरोध

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि केही नाम प्रस्ताव गरे पनि अरु पदाधिकारीहरूले आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ, विद्यार्थी नेता ऐन महरसहित केही नाम अघि सारेका थिए । आइतबारको बैठकमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायत नेताहरूले प्रस्तावित केही नामलाई लिएर आपत्ति जनाएका हुन् ।

अष्टलक्ष्मी शाक्यले भने अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताएकी छन् । यसअघि नै छलफल र सल्लाह नभएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । ‘अध्यक्षले सल्लाह गर्नु भए सजिलो हुन्थ्यो । छलफल भएन । मूल्यांकनको परिपाटी हिजो थियो नि,’ शाक्यको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले बताए ।

यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले पनि ओलीको प्रस्तावमा आपत्ति जनाएका छन् । उनले भने, ‘एउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना गर्छ । १९ जनाको टिमले सल्लाह गरौँ । दिनरात छलफल गरौं । छलफल गरिएन सामूहिक नेतृत्वमा पार्टी चलाउँ मेरो यही अनुरोध छ,’ ज्ञवालीले भने ।

ओलीको प्रस्तावित नाममा केही विद्यार्थी राजनीति गरिरहेका नेताहरू समेत परेका छन् । तिनको नामलाई लिएर नेतृत्वबाट सही मूल्यांकन नभएको भन्दै विरोध भएको हो ।

को को परे मनोनयनमा

प्रस्तावमा परेका नेताहरूमध्ये दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, लालबाबु पण्डित, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, विषमलाल दनुवार, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चपाईं, नैनकला ओझा, मञ्जु गुरुङ, गीता कार्की, सुनिता यादवसहितलाई केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका थिए ।

यसअघि बैठकले केन्द्रीय सदस्यमा विभिन्न नेताहरुलाई मनोनयन गरेको थियो ।