आल्डरसट स्थित नेपाली सुन पसलहरुमा चोरीको प्रयास

अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र- मिनी नेपाल भनेर चिनिने शहर अल्डरसटमा रहेको नेपाली व्यवसायीद्वारा संचालित सबैभन्दा पुरानो गहना पसल न्यु लक्ष्मी ज्योलर्स पसलमा गएको राती चोरीको प्रयास भएको छ । पसलको मालिक लक्ष्मी राइका अनुसार पसलमा तीन तहको अत्यन्तै आधुनिक सुरक्षा प्रबिधी जडान गरिएकोले चोरहरुले गहना चोर्न भने असफल भएका छन् ।


चोरीको बारे खबर यूकेको संस्थापक सदस्य इन्द्र घोथानेलाइ जानकारी गराए अनुसार गहना पसल भएकोले सम्भावित चोरीबाट बच्न तीन तहको अत्यन्तै आधुनिक सुरक्षा संयन्त्र  (सिस्टम) जडान गरेको थियो । सिसि क्यामेरा, अलाराम र चोरी गर्न आएमा चोरहरुको आँखा तिर्मिर्याउने वा धमिल्याउने सिस्टम जडान गरिएको थियो । पसल फोर्ने बित्तिक्कै मालिकलाइ र पुलिसलाइ अलरामबाट जानकारी भएको र चोर भित्र पस्ने बित्तिक्कै तेस्रो सिस्टम स्वचालित भै चोरहरुको आँखा धमिल्याएकोले चोरहरुले खासै केहि पनि चोर्न सकेनन ।


गहना पसलको मालिक श्रीमती  राइको अनुसार पसल तोड्ने बित्तिक्कै आफुलाई अलरामबाट जानकारी भएको हतार हतार हेर्न जाँदा अगाडीको सटर फोरेरा चोर्ने प्रयास भैरहेको देख्यो र सहयोगको लागि गुहार मागे र प्रहरी पनि समय भित्र पुगेका जानकारी गराए । हल्लाखल्ला भएपछी चोरहरु भाग्न बाध्य भयो, उनीहरुले गाडीलाइ ब्याक गरेर सटर फिरेका थिए ।  
श्रीमती राइले यस किसिमको बहुमुल्य पसलहरुमा उच्च आधुनिक प्रबिधीको सुरक्षा संयन्त्रको जडान गर्नुपर्ने र यस्तै कडा सुरक्षाको कारण ठुलो क्षती वा नोक्सानबाट बच्न सफल भएको कुरा बताउनुभयो ।


त्यस्तै अल्डरसट स्थित अर्को सुन पसल अनुग्रह ज्योलर्समा पनि सोहि चोरहरुको समुहले चोरीको प्रयास गरेका थिए | त्यहाँ पनि उच्च सुरक्षा संयन्त्रकै कारण चोरहरुले खासै केही चोर्न सकेनन ।


स्मरण रहोस- न्यु लक्ष्मी ज्योलर्स नेपालीद्वारा संचालित सबैभन्दा पुरानो गहना पसल हो । नेपालीहरुले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा न्यु लक्ष्मी ज्योलर्सले पुरुस्कारहरु प्रायोजन गर्ने र आर्थिक सहयोग गर्दै आइरहेको छ । सामाजिक वा समाजसेवामा पनि न्यु लक्ष्मी ज्योलर्स अग्रणी स्थानमा छ ।


श्रीमती राईको अनुसार सुन पसल मर्मत गर्नुपर्ने भएपनि संगै जोडिएको आफ्नै चाँदीको पसलबाट ग्राहकहरुलाई सेवा दिने बताईन । चोरीको प्रयासबाट पसलमा क्षती पुगे पनि ग्राहकहरुको सेवा भने नरोकिने कुरा बताईन ।