भुपु गोर्खाहरुको माग सम्बोन्धन गर्न लिखितम सहमति भए अनुरुप बार्ता समिति गठन गर्न एनआरएनएको माग

एनआरएनएको गोरखा वेलफेयर समितिले आज एउटा प्रेस बिज्ञप्ति जारी गर्दै गत सेप्टेम्बर महिनामा सहमति भए अनुसार भुपु ब्रिटिश गोर्खाहरुको माग सम्बोधन गर्न लिखितम सहमती र तय भए अनुसार नेपाल सरकार र बेलायत सरकारबिच यथाशिघ्र बार्ता गर्न बार्ता समिति गठन गर्न वा पहल गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । भुपु गोर्खाहरुको समान हक, हित, अधिकार, समान पेन्सन र समान सेवा सुबिधाहरु सम्बन्धमा भुपु ब्रिटिश गोर्खा संघहरुले बिभिन्न आन्दोलनहरु गर्दै आइरहेका छन । गत अगष्ट महिनामा यीनै समान हक, हित, अधिकार र समान सत्यग्रह संघर्ष समितिको तीन जना सदस्यहरु अमरण असन बसेका थिए र १३ दिनपछि सरकार सरकारबिच बार्ता गर्ने शर्तमा अनसन तोडेको थियो । त्यसै अनसन तोड्ने क्रममा बेलायत सरकार र नेपाल सरकारबिच चरणबध्द बार्ता हुने लिखितम सहमति भएको थियो ।

सहमति भए अनुसार गत सेप्टेम्बर ८ तारिखमा पहिलो चरणको बार्ता रहेको थियो । तर त्यसलगत्तै नेपाल सरकारले लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि यो विषय ओझेलमा छ । नयाँ राजदूत आएलगत्तै वार्ता अघि बढ्ने आश्वासन दिएइएको भए पनि परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुनुपर्ने गोर्खाहरूको माग छ ।

दोस्रो चरणको बार्ता यही डिसेम्बर महिनामा नेपाल सरकार र बेलायत सरकारबिच हुनुपर्ने थियो । तर हालसम्म पनि बार्ताको लागि खासै पहल नभएकोले बार्ताको लागि यथाशिघ्र पहल गर्न र बार्ता समिति गठन गर्न अनुरोध गर्दै प्रेस बिज्ञप्ति जारी गरेको हो ।

प्रेस बिज्ञप्ति-