कांग्रेस महाधिवेशन सरगर्मी : शीर्ष नेता उम्मेदवार तय गर्न व्यस्त

देउवाले निधिलाई बोलाएनन्

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुंगो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ। छलफलमा देउवा पक्षीय नेताहरुको सहभागी छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि भने बुढानिलकण्ठ गएका छैनन ।

देउवा समूहमा अहिलेसम्म सभापतिमा कसैले आकांक्षा नदेखाए पनि पदाधिकारीमा भने आकांक्षीको व्यवस्थापन गर्न सकक भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महामन्त्रीमा भने देउवा समूहमा आकांक्षी धेरै छन् । गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखक आकांक्षी छन् । संस्थापन र संस्थापन इतरपक्षले अझैं उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । दुवै पक्ष उम्मेदबारको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेपनि साझा उम्मेदवार बनाउन सकेका छैनन् ।

यसैबीच बिहीबार पौडेल समूहका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । पौडेल पक्षबाट सभापतिमा पौडेल, शशांक कोइराला,शेखर कोइराला, प्रकाशमान सिंहले आकांक्षा देखाएका छन् । शशांकले भ भने मंगलबारको छलफलपछि पौडेललाई सघाउने भन्दै पछि हटेका छन् ।

आजको बैठकले सभापतिको उम्मेदवारको टुंगो लगाउने जनाएको छ । बैठकमा पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रदेश सभापति बोलाइएको छ ।

सो पक्षका नेताहरूबीच दर्जन बढी बैठक भइसकेका छन् । तर पनि आकांक्षीहरु बढि देखिएकाले उम्मेदवारको टुंगो लगाउन हम्मेहम्मे भएको हो । प्रदेश अधिवेशनको परिणामले पनि इतरपक्षमा साझा उम्मेदवार तय गर्न समस्या भएको छ। ६ प्रदेशमा भएको चुनावमा इतरपक्षले लुम्बिनी र गण्डकी प्रदेशमा मात्र जितेको छ ।

सभापतिको उम्मेदवारको टुंगो लगाउन पौडेल पक्षको बैठक

यसैबीच रामचन्द्र पौडेल पक्षबाट सभापतिमा पौडेल, शशांक कोइराला,शेखर कोइराला, प्रकाशमान सिंहले आकांक्षा देखाएका छन् । जसमध्ये शशांकले मंगलबारको छलफलपछि पौडेललाई सघाउने भन्दै पछि हटेका छन् ।

पौडेल समूहको बिहानदेखि बैठक बसेको छ। बैठकले सभापतिलगायत पदाधिकारीहरुको उम्मेदवारको टुंगो लगाउनेछ । बैठकमा पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रदेश सभापति बोलाइएको छ ।

सो पक्षका नेताहरूबीच दर्जन बढी बैठक भइसकेका छन् । तर पनि आकांक्षीहरु बढि देखिएकाले उम्मेदवारको टुंगो लगाउन हम्मेहम्मे भएको हो । प्रदेश अधिवेशनको परिणामले पनि इतरपक्षमा साझा उम्मेदवार तय गर्न समस्या भएको छ । ६ प्रदेशमा भएको चुनावमा इतरपक्षले लुम्बिनी र गण्डकी प्रदेशमा मात्र जितेको छ ।

निर्वाचन भएको प्रदेशमा संस्थापन पक्षको वर्चस्व देखिएको छ । जिल्लाको अधिवेशनमा वर्चस्व जमाएको संस्थापन पक्ष प्रदेश अधिवेशनमा आफ्ना पक्षका उम्मेद्वार विजयी भएपछि थप हौसिएको छ । देउवाइतरपक्षले साझा उम्मेदवारी दिन नसकेको अवस्थामा १४ औं महाधिवेशनबाट पनि सभापतिमा देउवा नै दोहोरिने सम्भावना बलियो बनेको छ। प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्ष र कृष्ण सिटौला पक्ष नजिक बनेका छन् ।

इतरपक्षको उपसभापतिमा महेश आचार्य, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी र चन्द्र भण्डारीको दाबी छ । महामन्त्रीमा गगन थापा, मीनेन्द्र रिजाल र धनराज गुरुङ आकांक्षी छन् । सह–महामन्त्रीमा बद्री पाण्डे, महिलाबाट कमला पन्त र सरिता प्रसाईं आकांक्षी छन् ।

दलितबाट भने जीवन परियारलाई उम्मेदवार बनाउने पौडेल पक्षले तयारी गरेको छ । परियारले मंगलबार उम्मेदवारी घोषणा गरिसकेका छन् ।