स्थानीय बक्सफ्रीप्रेस पत्रिकामा समाजसेवी नभिन गुरुङको चर्चा

बकिमघमसायर । सहारा यूकेको संस्थापक अध्यक्ष, सपोर्ट नेपाल यूकेको संस्थापक तथा यूके स्थित थुप्रै नेपाली संघसंस्थाका सल्लाहकार पुरानो घर स्याङजा डाँडास्वारा भई हाल यूके बकिमघमसायर निवासी सफल ब्यवसायी तथा समाजसेवी नभिन गुरुङको समाजसेवाबारे प्रसंशा गर्दै स्थानीय पत्रिका बक्सफ्रीप्रेसले आज (२६ नोभेम्बर २०२१ मा) एउटा समाचार प्रकाशित गरेको छ । “लिन्किङ बकस विथ नेपाल” अर्थात बकिमघमसायरलाई नेपालसँग जोड्दै भन्ने शिर्षकमा गुरुङको समाजसेवाबारे चर्चा गरिएका छन ।

हुन पनि गुरुङले यूकेस्थित बिभिन्न नेपाली संघसंस्था र नेपालको लागि थुप्रै समाजसेवा गर्दै आइराख्नु भएको छ । आफ्नो ब्यवसाय (पब) मार्फत स्थानीयाहरुसँग (ग्रहाकहरुसँग) राम्रो सम्बन्ध बनाएर थुप्रै समाजसेवा गर्दै आइराख्नुभएको छ । बिशेष गरेर पर्यटन, स्वास्थ्य तथा शिक्षामा गुरुङले मध्दत गर्दै आइराख्नुभएको छ । शिक्षाबाट बन्चित गरीब बालबालिकाहरुलाई सहयोग गर्दै आइराख्नुभएका गुरुङले स्कुल (बिद्यालय भवन) निर्माणमा पनि सहयोग गर्नुभएको छ ।

गुरुङकै अवधारणामा पोखरामा सहारा फुटबल एकेडेमी सन्चालन भइरहेको छ जहाँ बालकहरुलाई फुटबाल सिकाइनुको साथै अध्ययन पनि गराइन्छन । गुरुङले बर्षेनी बेलायती साथीहरुलाई नेपाल घुमाउन लाने गरेका छन, जसले गर्दा पोखरा र नेपालकै पर्यटन प्रबर्ध्दनमा बिशेष योगदान पुगेको छ । निकट भबिष्यमा गुरुङले बकिमघमसायर स्थित कुनै गाउँ वा ठाउँलाई नेपालको आफ्नो गाउँ स्याङजा स्थित डाँडास्वारासँग मित लगाउने (भगिनी सम्बन्ध गाँस्ने) योजना रहेको कुरा पनि बताउनुभएको छ । गुरुङको आफ्नो पुर्खाहरुको नाममा डाँडास्वारा गाउमा छुट्टै कल्याणकारी केन्द्र वा कोष स्थापना गर्ने योजना रहेको छ । यो सबै परोपकारी कामको प्रमुख उध्देश्य भनेको आफ्नो पुर्ख्यौली गाउ र यहाँको स्थानीयहरुसँग राम्रो सम्बन्ध स्थापना गर्ने हो- गुरुङले भन्नुभयो । उहांले यस पुन्य कार्यहरुको लागि साथ दिनुभएका सम्पूर्ण बेलायती मित्रहरु र नेपालमा नेपाली साथीहरुलाई धन्यवाद दिनुभएको छ । साथै उहांले भबिष्यमा पनि सबैको सदैब साथ सहयोग पाउने अपेक्षा अनि अनुरोध गर्नुभएको छ ।

आफ्नो पुर्खाहरु गोरखा (ब्रिटिश लाहुरे) भएपनि गुरुङ लाहुरे भने भएनन, उनी आफ्नै ब्यापार ब्यवसाय गर्नेतिर लाग्नुभयो । शुरुमा फार्नबोरोमा गोरखा प्यालेस रेष्टुरेन्ट खोले पनि हाल उनले बकिमघमसायरको स्टोकचर्चमा रोयल ओक पब रेस्टुरेन्ट सन्चालन गर्दै आइराख्नुभएको छ ।

नभिन गुरुङ यूकेबासी नेपालीहरुबिच परिचित नाम हो, हक्की स्वभाबको गुरुङ आफुलाई लागेको कुरा खुलस्त र निर्धक्कसँग राख्नुहुन्छ र सामाजिक सन्जालमा ब्यक्त गर्नुहुन्छ । गुरुङ तमु धि यूके र क्वोने (घोतानेघोण्डे) गुरुङ समाज यूकेको सल्लाहकार हुनुहुन्छ ।

https://www.bucksfreepress.co.uk/news/19731910.stokenchurch-man-wants-build-relations-england-nepal/