इङ्लिश च्यानलमा डुंगा पल्टिदा २७ जना अबैध अप्रबासीको डुबेर मृत्‍यु

बीबीसी ।

हिजो २४ नोभेम्बर २०२१ साल बुधबार फ्रान्सको केलीबाट अबैध रुपमा बेलायत पस्न लाग्द २७ जना अबैध अप्रबासीहरुको इङलिश च्यानलमा डुंगा पल्टिदा डुबेर मृत्‍यु भएका छन । मृत्‍यु हुनेहरुमा ५ जना महिला एक बालिका र बाँकी सबै पुरुषहरु छन । घटनामा दुई जनाको जिउदै उध्दार गरिएको थियो भने एक जना अझै बेपता छन । मृतकहरुको पहिचान भने अझै खुलिसकेको छैन । घटनामा ३१ जना मरेको थियो भने ता पनि आज बिहीवार उक्त सन्ख्या संशोधन गरिएको हो ।

घटनाबारे जानकारी पाउँदा आफुलाई ज्यादै दु:ख लागेको कुरा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन । प्रधानमन्त्री जोन्सनले यसरी अबैध अप्रबासी ओसारपसार (मानब तस्करी) रोक्न र यस किसिमको दुर्घटनाहरु पुन: हुनबाट बचाउन बेलायतले कुनै कसर बाँकी नराख्ने प्रतिबध्दता पनि जनाउनुभएको छ । यसै घटनालाई लिएर फ्रान्सको प्रधानमन्त्री एमान्युएल म्याक्रोन र बेलायती प्रधानमन्त्री जोन्सनबिच टेलिफोन बार्ता भएको छ र उहाँहरुले बेल्जियम, निदरल्याण्ड र यूरोपका अन्य राष्ट्रहरु पनि गम्भिर हुनुपर्ने बताएका छन । सबैको संयुक्त सहकार्यमा नै यस किसीमको मानब तस्करी रोक्न सकिने कुरा बताउनुभएको छन ।

इङलिस च्यानलमा माछा मार्नेहरुले उक्त घटनाबारे जानकारी गराउनु भएको थियो । अन्तरराष्ट्रिय अप्रबासी संघको अनुसार इङलिस च्यानलमा यतिका धेरै अप्रबासीहरुको दुर्घटना भएर मृत्‍यु भएको सन २०१४ यताको सबैभन्दा धेरै सन्ख्या भएको कुरा बताउनुभएको छ । बुधबार प्रधानमन्त्री जोन्सनले कोब्रा मिटिङ बोलाउँदै मानब तस्करीहरुको जालो (सन्जाल) लाई तोड्नु पर्ने कुरामा जोड दिनुभयो । प्रधानमन्त्री जोन्सनले हाल इङलिश च्यानलबाट यूकेमा मानब तस्करी रोक्न फ्रान्सलाई ५४ मिलियन यूके पाउन्ड स्टर्लिङ दिदै आएको छ । प्रधानमन्त्री जोन्सनले यदि यो रकम अपुग भएमा थप्न सकिने र सामुद्रिक किनाराहरुमा प्रहरीको गस्ती अझ बढाउने कुरा पनि ब्यक्त गर्नुभएको छ ।

यसै घटनासँग सम्बन्धन हुन सक्ने शंकामा प्रहरीले ४ जना शंकास्पद ब्यक्तीहरुलाई पक्राउ गरेका छन ।