नेपाली महिला क्रिकेट टिमले पहिलो टि २० श्रृंखलामै क्लिन स्विपसहित ऐतिहासिक उपाधि
काठमाण्डौं । नेपालले कतारबिरुद्धको तीन खेलको टि २० श्रृंखलामा ऐतिहासिक रुपमा क्लिन स्विपका साथ उपाधि जित्न सफल भएको छ ।बिहिबार कतारको दोहास्थित वेस्टईन्ड पार्कमा सम्पन्न तेश्रो तथा अन्तिम टि २० खेलमा नेपालको महिला राष्ट्रिय टोलिले कतारमाथि १०९ रनको शानदार जित निकाल्दै ऐतिहासिक श्रृंखला जितेको हो ।
१६५ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमात्र बनाउन सक्यो । उसका लागि एलिना खानले सर्वाधिक १९ रन बनाईन् भने कप्तान आयशाले १३ रनको ईनिङ्ग खेििलन् । यसअघि टस जितेर पहिले ब्याटिङ्ग गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार पारेको थियो ।
नेपालको लागि सिता रानामगरले ८२ रनको अर्धशतकीय इनिङ्गस खेलिन् । उनले ७२ बलमा अविजित रहँदै ७ चौकाको मद्दतमा ८२ रनको शानदार ईनिङ्ग खेलेकी हुन् । यो उनको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो अर्धशतक हो ।
यसैगरी ज्योति पाण्डेले २४, डली भट्टले १२ रन बनाउँदा काजल श्रेष्ठ १२ रनमा आउट भइन् । यस्तै सरिता मगर १७ रनमा अविजित रहिन् ।कतारका लागि एन्जेलिन मारे, साची ढडवाल र आयशाले मासन एक एक विकेट लिए । यसअघि खेलिएका दुई खेलमा नेपालले लगातार दुई जित निकाल्दै उपाधि हात पारिसकेको थियो ।
नेपालले मंगलबार भएको पहिलो खेल १ सय १९ रनले जितेको थियो भने बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्न सफल भएको थियो । नेपाली महिला टोलिले आफ्नो पहिलो बाईल्याटरल श्रृंखलामा जित हासिल गर्दै ईतिहास समेत कायम गरेको छ ।
नेपालले आईसीसी महिला टी–२० विश्वकपको एशियाली छनौटको तयारीका लागि कतारसँग तीन खेलको टी–२० श्रृंखला खेलेको हो । खेलिरहेको हो । एशियाली छनौट खेल नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनौट खेलका लागि नेपाली टोली नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।