आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीशको अनुरोध (विज्ञप्तिसहित)

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् ।

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि विज्ञप्तिमार्फत जनाएका छन् ।

उनले बार र बेन्च न्यायालयका एकै रथका दुई पांग्रा भएको बताउँदै पारस्परिक सम्बन्ध र हातोमालो आवश्यक रहेको बताएका छन् ।