देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छान्दै एमाले, सर्वसम्मतीबाट १३७ जना छानिए
आफ्नो १०औं महाधिवेशनका लागि नेकपा एमालेले आज देशभर एकसाथ प्रतिनिधि छनोट गर्दै छ । संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। अहिलेसम्म ८ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ । तीमध्येबाट आज एमालेले महाधिवेशन प्रतिनिधि छान्न लागेको हो। कतिपय जिल्लामा भने एमालेले यसअघि नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेको छ । सकेसम्म सर्वसम्मत र हुन नसके चुनाव गरिने एमाले नेताहरूले बताएका छन्। धेरैजसो सर्वसम्मतबाटै प्रतिनिधि छानिने उनीहरूको दाबी छ ।
यही कात्तिक १२ गते भएको केन्द्रीय कमिटी बैठकमा पार्टी सदस्य संख्या ७ लाख ३४ लाख पुगेको जानकारी दिएको एमालेले त्यसयता ७५ हजार थपिएको जनाएको छ ।
यसरी छानिनेछ महाधिवेशन प्रतिनिधि
-प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा २ महिलासहित ५ जना ।
-प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा १ महिलासहित ३ जना।
-सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा
-३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य
-देशका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट १ जना। सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना।
-भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जना।
-केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी र सदस्यमध्येबाट १५ जना। सल्लाहकार परिषदका अन्य सदस्य पनि राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पाउने तर मत हाल्न नपाउने ।
एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।
सर्वसम्मतीबाट १३७ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने आफ्नो १०औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि नेकपा एमालेले आज (शनिबार) देशभर प्रतिनिधि छनोट गरिरहेको छ।
यस क्रममा अहिलेसम्म ९ जिल्ला र एउटा प्रदेश कमिटीबाट गरेर सर्वसम्मतिले १३७ जना महाधिवेशन प्रतिनिधि छानिइसकेको एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।
उनका अनुसार यी हुन् अहिलेसम्म छानिएका महाधिवेशन प्रतिनिधि
रोल्पाबाट
खुला : कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली।
महिला : जुनमाया बुढा र इश्वरी जीएम।
दलित : रिमा नेपाली।
जम्मा : ७ जना।
सल्यानबाट
खुला : गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल।
महिला : पुष्पा कुमारी बोहोरा र सञ्चिताकुमारी ओली बीसी।
दलित : जनक विक।
जम्मा : ८ जना।
दोलखाबाट
खुला : ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जीवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा।
महिला : शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।
दलित : सुन्दर लामीछाने र टेक घतानी।
जम्मा : २३ जना।
मकवानपुरबाट
खुला : कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल विष्ट, फुर्वा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र विष्णुप्रसाद ढकाल।
महिला : जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले।
दलित : नारायण गजमेर।
जम्मा : १७ जना।
म्याग्दीबाट
खुला : हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले।
महिला : नरदेवी पुन र थमसरा पुन।
दलित : पुष्कर विक र खरमाया बिटालु।
जम्मा : ९ जना।
बागलुङबाट
खुला : इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हीराबहादुर केसी, मोहननलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल।
महिला : सावित्रा राना, गीता शर्मा र यमुना राना।
दलित : देवकुमार नेपाली र धनबहादुर परियार।
जम्मा : १२ जना।
अर्घाखाँचीबाट
खुला : चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशीराम आचार्य र खगीश्वर पन्थी।
महिला : जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र विष्णुमाया आचार्य।
दलित : भोजबहादुर गन्धर्व, लीलबहादुर विक र शिवकला विक।
जम्मा : १६ जना।
गण्डकी प्रदेश कमिटीबाट
खुला : सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना।
महिला : पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ।
जम्मा : ५ जना।
कपिलवस्तुबाट
खुला : विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल।
महिला : शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने।
दलित : शान्तिदेवी चमार।
जम्मा : १३ जना
क्षेत्र नं ३ बाँकी ।
कास्कीबाट
खुला : दामोदर वैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, वेदबहादुर गुरुङ श्याम, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर।
महिला : विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मञ्जु गुरुङ, शोभा,बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी।
जम्मा : २७ जना ।
दलित बाँकी ।