
सर्वोच्च अदालतभित्रै प्रहरी र वकिलबीच घम्साघम्सी
काठमाण्डौ । सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच बिहीबार घम्साघम्सी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतको गेटभित्रै धर्ना दिइरहेका कानुन व्यवसायीलाई प्रहरीले हटाउन खोजेपछि घम्साघम्सी भएको हो ।
सर्वोच्चभित्रै कानुन व्यवसायीले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, प्रहरी हस्तक्षेप बन्द गर, भन्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गरेपछि ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै वकिलले नाराबाजी गरिरहेका छन् । प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान कायमै राख्दै नियमित मुद्दाको पेशी तोक्न थालेपछि आन्दोलन चर्किन थालेको हो ।
बिहीबार उपत्यकाका सबै अदालतमा वकिलहरूले दुई घण्टा इजलास बहिस्कार गरेका छन् । राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने नेपाल बार एसोसिएसनका सचिव लीलामणि पौडेलले बताए ।




