क्वोने समाज यूकेको तीन ब्यक्तित्वहरु- कुमार गुरुङ, टेक बहादुर गुरुङ र यसोधा गुरुङ सम्मानित

लन्डन । बेलायतमा गुरुङहरुको ठुलो संस्था तमु धिं यूकेले हरेक बर्ष आयोजना गरिने संस्थाको आजीवन सदस्यहरुको परोपकारी रात्रीभोज कार्यक्रममा क्वोने (घोताने/घोन्डे) समाज यूकेको तीन ब्यक्तित्वहरु क्रमश: उपाध्यक्ष कुमार गुरुङ, सल्लाहकार टेक बहादुर गुरुङ र कार्यसमिति सदस्य श्रीमती यसोधा गुरुङ लाई यस बर्षको “आदर्श तमु २०२१” बाट सम्मानित गर्नुभएको छ ।

क्वोने समाज यूकेको उपाध्यक्ष तथा सहारा क्लब यूकेको अध्यक्ष कुमार गुरुङ विगत ७ वर्ष देखि निरन्तर तमु धिंको सल्लाहाकार हुनुहुन्छ भने २००७ देखि २०१४ सम्म कार्य समिति सदस्यको पनि हुनुहुन्थ्यो । सन २००७ बाट निरन्तर १५ बर्षसम्म समाज तथा संस्थाको सर्बोपरी उन्नतीमा बिशेष योगदान पुर्याए बापत कुमार गुरुङलाई कदरस्वरुप उक्त सम्मान गरिएको हो । उपाध्यक्ष कुमार गुरुङ तमु धिं यूकेले आयोजना गरेको गोरखा कप २०२१ को टिम दर्ता संयोजक पनि हुन ।

अध्यक्ष हितकाजीबाट सम्मान ग्रहण गर्दै श्रीमान श्रीमती कुमार गुरुङ

१७ जुन २०६९ मा वुबा काजीमान र आमा गंगा गुरुङको कोखबाट हङकङमा जन्मिएका उनको पुर्ख्यौली घर कास्कीको धम्पुस हो । सन् २०१९ बाट सहारा युकेको अध्यक्षमा पदासिन गुरूङ बेलायती सेनाबाट ‘फर्ष्ट रोयल गोर्खा राइफल’बाट ‘कलर सर्जेन्ट’ रेन्कमा सन् २००७ जनवरीमा अवकास भएका थिए । सेनाबाट अवकाश भएसँगै उनी तमुधिंबाट सामाजिक सेवाको यात्राको थालनी गरेका थिए ।

यसैगरी क्वोने (घोताने/घोन्डे) समाज यूकेको सल्लाहकार टेक बहादुर गुरुङलाई पनि तमु धिं यूके र समाजलाई अनबरत सहयोग गर्नुभएकोमा “आदर्श तमु २०२१” बाट सम्मानित हुनुभएको छ । तमु धिं यूकेको हरेक कार्यक्रममा निरन्तर खटिनुहुने टेक बहादुर गुरुङलाई उहाँको सहयोगको उच्च कदर गर्दै सम्मान गरिएको हो । टेक बहादुर गुरुङ चार भञ्ज्याङ यूकेको पनि सल्लाहकार हुनुहुन्छ ।

सम्मानित टेक बहादुर गुरुङ

त्यस्तै क्वोने (घोताने/घोन्डे) समाज यूकेको कार्यसमिति सदस्य तथा तमु धिं यूके आमा समुहको महासचिब श्रीमती यसोधा गुरुङलाई पनि “आदर्श तमु २०२१” बाट सम्मानित गर्नुभएको छ । अत्यन्तै प्रतिभाशाली तथा सकृया महिला यसोधा गुरुङलाई उहाँले तमु धिं यूके र समाजलाई पुर्याउदै आइरहेको सहयोगको आभर प्रकट गर्दै “आदर्श तमु २०२१” ले सम्मनित गरिएको हो । यस बर्ष आदर्श तमु एवार्ड पाउने उहाँ एकल महिला हुनुहुन्छ ।

सम्मानित श्रीमती श्रीमान यसोधा गुरुङ

कार्यक्रममा बेलायतको तमु चर्चित उध्दघोषक योगेश गुरुङ पनि सम्मानित हुनुभएको थियो ।

तमुधिंले आयोजना गर्ने गोर्खा कप, नेपाली मेला, च्यारिटी डिनर कार्यक्रम, ल्होसार महोत्सवलगायतका महत्वपूर्ण कार्यक्रमहरुमा सम्मनित ब्यक्तित्वहरुको संलग्ननतासँगै ती कार्यक्रमहरुको सफलताका लागि महत्वपूर्ण योगदान दिनुभए बापत उक्त सम्मान गरिएको कुरा तमु धिं यूकेको अध्यक्ष हितकाजी गुरूङले जानकारी गराउनुभएको थियो ।

बेलायतस्थित नेपाली राजदूतावासकी डिसिएम (उपनियोग प्रमुख) तथा प्रवक्ता रोशन खनाल तथा तमु धिंका अध्यक्ष हितकाजी गुरूङले सम्मानित ब्यक्तित्वहरुलाई प्रमाणपत्र प्लेट प्रदान गर्नुभएको थियो ।