डा मिनेन्द्र रिजाल रक्षामन्त्री र रामकुमारी झाँक्री सहरी विकासमन्त्री

विद्यार्थी राजनीतिबाट उदाएका नेता रिजाल बने रक्षामन्त्री

काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा मन्त्री बनेका छन् । मोरङको विराटनगर महानगरपालिका ३ स्थायी ठेगाना भएका रिजाल २०१४ असोज ३० गते जन्मिएका हुन् । सुनसरीमा जन्मिएका हुन् । रिजालका बाबु श्रीप्रसाद रिजाल र आमा पुण्यकुमारी रिजाल हुन्। पत्नी दुर्गा भट्टराईसँगै रिजालका एक छोरा, एक छोरी छन् । उनले अमेरिका न्यूयोर्क विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उनी मोरङ-२ प्रत्यक्ष निर्वाचित भएका हुन् । २०२६ सालमा धरानको जनता हाइस्कुलको विद्यार्थी युनियनको निर्वाचनबाट विद्यार्थी राजनीतिको औपचारिक सुरुवात नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष (२०३६-२०१८) समेत भएका थिए । विद्यार्थी राजनीतिपछि पार्टीगत राजनीति सुरु नेपाली कांग्रेस केन्द्रीय सदस्य संसदीय यात्रा संविधानसभा सदस्य बनेका थिए । उनी संविधान मस्यौदा समिति सदस्य पनि हुन् ।

संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मोरङ २ बाट निर्वाचित हाल सार्वजनिक लेखा समिति सदस्य पनि हुन् ।

उनी २०७०-२०७२ सम्म सूचना तथा सञ्चारमन्त्री, २०६६-०६८ व्यवस्था तथा संस्कृतिमन्त्री भएका थिए। २०५३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख राजनीतिक सल्लाहकार थिए । २०६५-२०७० सम्म प्रधानमन्त्रीको अध्यक्षतामा रहेको माओवादी लडाकु समायोजन विशेष समिति सदस्य थिए । उनको विशेष रुचिको क्षेत्र समाजसेवा र अर्थतन्त्र छ ।

आन्दोलनको क्रममा २०३३ सालमा पहिलोपटक जेल परेका थिए । २०५७ सालमा संघ संस्थामा आबद्धता एपेक्स कलेजको स्थापना भएको थियो । एपेक्स कलेज स्थापनादेखि हालसम्म अध्यक्ष हुन् । व्यापार प्रशासन व्यवस्थापन र राजनीतिक अर्थतन्त्रमा विशेष अध्ययन भएका सांसद रिजाल राजनीतिस शिक्षण पेसा र समाजसेवामा क्रियाशील छन् । अर्थतन्त्र परराष्ट्र मामिलामा उनको विशेष रुचि छ । राज्यका तर्फबाट उनले महेन्द्र विद्या विभूषण क र ख श्रेणी प्राप्त गरेका छन् । संविधानसभा पदक पनि उनले प्राप्त गरेका छन् ।

रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री

त्यस्तै सहरी विकासमन्त्रीको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट रामकुमारी झाँक्रीको काँधमा आइपुगेको छ । खरो र स्पष्ट बोल्ने नेताको रुपमा छवी बनाएकी झाक्रीलाई कांग्रेस सभापति शेरबहादुर नेतृत्वको मन्त्रिमण्डलमा यो जिम्मेवारी दिइएको हो ।

संसदीय यात्रामै नयाँ अनुभव लिइरहेकी झाँक्री पहिलोपटक मन्त्री बनेकी हुन् । संसदीय यात्राका क्रममा आफ्नै पार्टीभित्र लडाइ गरेकी झाक्रीले गठबन्धनको सरकारमा काम गरेर देखाउनुपर्ने चुनौतीको थुप्रो छ ।

गुल्मीको मदाने गाउँपालिका गुल्मीमा जन्मिएकी झाँक्री स्नातकोत्तर (मानविकी) र स्नातक (कानुन) गरिसकेकी छिन् । समनुपातिक निर्वाचन प्रणालीबाट आएकी झाँक्रीको राजनीतिक सुरुवात २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट भएको थियो । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन् । पार्टीका विभिन्न भूमिका रहेर काम गर्दै एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

राजनीतिक घटनाक्रम प्रमुख राजनीतिक आन्दोलनमा सक्रिय सहभागी झाँक्री राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासत तथा थुनामा परेकी छिन् । राज्यबाट नभए पनि आफूले इतिहासबाट सम्मान पाएको बताउँदै आएकी छिन् । पारिजातका कृतिबाट प्रभावित रहेको बताउने उहाँले पारिजात संघर्षशील नारी पुरस्कार पनि प्राप्त गरेकी थिइन् । उनी आफलाई आवाजविहीन र दबाइएकाहरूको आवाज बोल्न व्यक्तिका रूपमा परिचित गराउछिन् ।

संसद्‌को अर्थ समितिको सदस्य रहेकी झाँक्रीले विगतमा अर्थ मन्त्रालयमा आएका नेतृत्वहरूलाई खरो रुपमा गरेका प्रश्नहरूका कारण सधै चर्चामा रहिन् । आफ्नै पार्टी (तत्कालीन सत्तारुढ दल नेकपा र एमाले)मा नेतृत्वलाई जबर्जस्त प्रश्न गर्ने र नेतृत्वले गरेको गलतीविरुद्ध आवाज उठाउने झाँक्रीले सहरी विकास क्षेत्रको सुधारमा नेतृत्वदायी भूमिका पुरा गर्ने अपेक्षा गर्न सकिन्छ । तर विधायिकामा बसेर कार्यपालिकालाई झकझाउने झाँक्री आज आफैं कार्यान्वयन गर्ने निकायको नेतृत्वमा बसेर काम गर्न पक्कै सजिलो छैन । सत्ता बाहिर बसेर शासकमाथि औंला तेर्स्याउन सजिलो र सत्तामा गएर काम गर्न गाह्रो भन्ने नेपाली राजनीतिमा चलि आएको भनाइलाई चिर्नु झाँक्रीको अर्को चुनौती हो ।