गीतकार एकेन्द्र गुरुङको ‘बेलायतमा नेपाली गीत’ संग्रह लोकार्पण

लण्डन । चर्चित तमु (गुरुङ) गीत “रिमै थुमै प्रितना रोंधिरी” अर्थात “युवती साथीहरु आज रोधीघरमा जम्मा भएका छन” गीतको रचनाकार तमु संस्कृतिविद् एवं गीतकार एकेन्द्र गुरुङले सम्पादन गर्नुभएको ‘बेलायतमा नेपाली गीत’ संग्रह हिजो अक्टोबर २ तारिख २०२१ साल शनिबार भर्च्युल (जूम) मार्फत बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख अतिथि तथा कबि एबम गीतकार दिनेश अधिकारीको प्रमुख उपस्थितिमा लोकार्पण गरिएको छ । गुरुङ साहित्यिक मन्च नेपालद्वारा आयोजित उक्त भर्च्युल कार्यक्रममा बिशेष अतिथि कबि एबम गीतकार दिनेश अधिकारीले गीती संग्रहको सुक्ष्म (मिहीन) तर गहन समिक्षा गर्नुभएको थियो । बिशेष अतिथि अधिकारीले गीत लेखन वा रचनामा आफ्नो केही मुल्य मान्यता र दृष्‍टिकोणहरु रहेको कुरा उल्लेख गर्नुहुँदै गीत के का लागि कसका लागि लेखेको हो ध्यान दिनुपर्ने कुरा बताउनुभयो । साथै उहाँले पुस्तकमा सुधार गर्नुपर्ने सुझाबहरु पनि सिफारिस गर्नुभएको थियो ।

कार्यक्रमका बिशेष अतिथि बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले एकेन्द्र गुरुङ आफ्नो क्याम्पस जीवनको सहपाठी भएको र दुइजनाको मित्रता पुरानो भएको कुरा खुलासा गर्नुभयो । श्रेष्ठले क्याम्पस पढ्ने बेला एकेन्द्र गुरुङले नाटकमा अभिनय गरेको कुरा स्मरण गर्दै गुरुङ भित्र रहेको साहित्यिक प्रतिभा वा क्षमताबारे आफु अनभिज्ञ रहेको सुनाउनुभयो । तर, एकेन्द्रले लेखेका गीतहरुबारे जानकारी पाउँदा आफु हर्षित भएको एकेन्द्रलाई बधाई तथा शुभकामना दिनुभयो ।

कार्यक्रममा सम्पादक एकेन्द्र गुरुङले गीती संग्रह पुस्तक प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्ण स्रष्टाहरु र प्रतक्ष्य अप्रतक्ष्य रुपमा सहयोग गर्नुहुने सबै सहयोगी महानुभाबहरुलाई धन्यवाद दिनुभयो । त्यस्तै उहाँले कार्यक्रममा आफ्नो निम्तो स्विकार गर्नुभै सहभागी हुनुभएका प्रमुख अतिथि, बिशेष अतिथि र अन्य उपस्थित सबैलाई धन्यवाद दिनुभयो । साथै सम्पादक गुरुङले गहिरो र गहन समिक्षा गरिदिनुभएकोमा आफ्नो मित्र कार्यक्रमको बिशेष अतिथि कबि तथा बरिष्ठ गीतकार दिनेश अधिकारीलाई बिशेष धन्यवाद दिनुभयो । साथै गीतकार अधिकारीले औंल्याउनु भएका सुझाबहरुलाई मनन गर्दै दोस्रो संस्करणमा सुधार्ने प्रतिबध्दता पनि जनाउनुभयो ।

लोकार्पण कार्यक्रम गुरुङ साहित्यिक मन्च नेपाल सचिब रोशनी गुरुङले सन्चालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्ष्यता गुरुङ साहित्यिक मन्च नेपालको अध्यक्ष्य श्रीमती गौरी तमुले गर्नुभएको थियो । कार्यक्रमको सुरुवातमा गुरुङ साहित्यिक मन्च नेपालको उपाध्यक्ष्य रोशन गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा यूके, नेपाल, कतार र कालिङपुङ भारतबाट बिभिन्न साहित्यिक ब्यक्तित्वहरु सहभागी हुनुभएको थियो ।

कार्यक्रमको सफलताको कामना गर्दै बेलायतको लागि नेपाली राजदुत लोकदर्शन रेग्मी र नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति डाक्टर जगमान गुरुङले पनि सम्पादक गुरुङलाई शुभकामना सन्देश पठाउनु भएको थियो ।

स्मरण रहोस्- ‘बेलायतमा नेपाली गीत’ गीती संग्रह बेलायतमा गत अगष्ट महिनाको नेपाली मेलामा बिमोचन गरिएको थियो । नेपालमा जन्मे, हुर्केका र हाल बेलायतमा बसोबास गरिरहनुभएका स्रष्टाका गीति रचनालाई यस संग्रहमा समेटिएका छन् । गुरुङ साहित्यिक मञ्‍च नेपालले प्रकाशन गरेको कृतिभित्र ८० जना स्रष्टाका दुई–दुई रचना समेटिएका छन् । रचनाकारमध्ये २१ जना नारी स्रष्टा रहेका छन् । प्रत्येक स्रष्टाको फोटोसहित संक्षिप्त परिचय रहेको छ ।