विधान महाधिवेशनमा अधक्ष्य ओलीको प्रतिबेदन यस्तो छ (पूर्ण पाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विधान महाधिवेशनमा ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा ओलीले पार्टी विभाजनको दोष माधवकुमार नेपालमाथि थोपरेका छन् ।

ओलीले पार्टी विभाजनका लागि मलजल गर्ने काम तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गरेको आरोप लगाएका छन् । कांग्रेससहितका दलहरूसँग मिलेर सरकार बनाउने योजनासहित प्रचण्डले नेकपा फुटाउने अभियान चलाएको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।