पोर्नोग्राफी केसमा थुनिएका राज कुन्द्रालाई जमानत रिहा
एजेन्सी । पोर्नोग्राफी मामलामा जेल परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा जमानतमा छुटेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको हो ।
अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म मार्फत प्रसारण गरेको आरोपमा उनलाई प्रहरीले समातेको थियो । राज जेलमा परेको दुई महिनापछि सोमबार जमानतमा छुटेका हुन् । गएको जुलाईमा समातिएका उनले सेप्टेम्बर १८ मा जमानतको लागि निवेदन दिएका थिए ।
राजको केस हेरिरहेका वकिल प्रशान्त पटेलले राज निर्दोष रहेको बताउँदै आएका छन्। उनका अनुसार कुन साइटमा कस्ता भिडियो अपलोड गर्ने भनेर कलाकार र निर्माताले निर्णय गर्ने हुन् ।
राज र उनका साथी रेयानको यसमा कुनै हात छैन । साथै राजले नै भिडियो अपलोड गरेको कुनै प्रमाण नरहेको पनि उनको दावी गरेका छ ।