क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको अधक्ष्यमा क्याप्टेन पिताम्बर गुरुङ

उपाधक्ष्यमा साहरा यूकेको अधक्ष्य कुमार गुरुङ र चेलीबेटी प्रमुखमा श्रीमती चन्द्रादेबी गुरुङ निर्बाचित ।

अल्डरसट, ह्याम्पसायर । गुरुङहरुको उपथरहरु मध्ये एक क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको अधक्ष्यमा क्याप्टेन पिताम्बर गुरुङ सर्बसहमतिमा निर्बिरोध निर्बाचित हुनुभएको छ । एम्पायर हल अल्डरसटमा हिजो सम्पन्न तेस्रो अधिबेसन तथा ७ औ साधारण सभाले तमु धिं यूकेको पूर्व खेलकुद संयोजक पिताम्बर गुरुङ अधक्ष्यमा, उपाधक्ष्यमा साहरा यूकेको अधक्ष्य कुमार गुरुङ र चेलीबेटी प्रमुखमा श्रीमती चन्द्रादेबी गुरुङ लगायत सम्पूर्ण कार्यसमिति सर्बसहमतिमा चयन गरिएको हो ।

क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको बारिष्ठ सल्लाहकार हरि गोबिन्द गुरुङ प्रमुख निर्वाचन आयुक्त, समाजको प्रबक्ता राम कुमार गुरुङ तथा भुपु उपाधक्ष्य नारदमणी गुरुङ सदस्य रहेको त्रिसदस्य निर्वाचन समितिले समाजको अधक्ष्य, उपाधक्ष्यसहित सम्पूर्ण कार्यसमिति सदस्यहरुको उम्मेदवार लिने, चयन गर्ने र अनुमोदनको लागि अधिबेसनमा प्रस्तुत गरेको थियो र त्यसै समितिलाई सभाले समर्थन गर्दै अनुमोदन गरेको थियो ।

कार्यक्रममा एनआरएनए यूकेको निबर्तमान अधक्ष्य तथा यसै समाजको संस्थापक चेलीबेटी प्रमुख श्रीमती पुनम गुरुङलाई एनआरएनए यूके जस्तो गरिमामय संस्थाको दुई बर्षे आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा श्रीमती गुरुङप्रति गर्ब गर्दै श्रीमती पुनम गुरुङ र उहाँको श्रीमान सफल ब्यवसायी कमल गुरुङलाई बधाई दिएको थियो । यसै क्रममा श्रीमती गुरुङले माइती परिवारको बिशेष माया, साथ र बिशेष सहयोगले नै आफुमा आत्मा विश्वास बढेको र सम्पूर्ण यूकेबासी नेपालीको सहयोगले आफ्नो कार्यकाल सफल रहेको कुरा बताउनुभयो र पुन: सबैलाई एक मुष्ठ धन्यवाद दिनुभयो ।

निबर्तमान अधक्ष्य अनररी लेउटिनेन्ट चन्द्र बहादुर गुरुङको अधक्ष्यमा भएको उक्त अधिबेसनको प्रमुख अथिति यसै समाजको बौध्दिक ब्यक्तित्व लेउटिनेन्ट (रिटायर्ड) थमनसिङ गुरुङ हुनुहुन्थ्यो भने बिशेष अथिति तमु धिं यूकेको नेपाल प्रतिनिधि तथा गोरखाली ग्रुप नेपालको निर्देशक मेजर(रिटायर्ड) लछमी प्रसाद गुरुङ हुनुहुन्थ्यो । प्रमुख अथिति बौध्दिक ब्यक्तित्व लेउटिनेन्ट (रिटायर्ड) थमनसिङ गुरुङले भगवान बुध्दको प्रमुख मन्त्रहरु मध्ये एक “संघम शरणम गच्छामी” अर्थात कुनै पनि जाती तथा समाज बिशेषको रितिथिती, सन्क्रिती, परम्परा, भाषा तथा भेषभुषा आदिको संरक्षण र सम्बर्ध्दन गर्नमा संघसंस्थाहरुको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा भगवान बुध्दले धेरै बर्ष अगाडि नै उल्लेख गरेको कुरा बताउनुहुँदै समाज वा संघसंस्थाहरुको आवश्यकताबारे पुष्टी गर्नुभएको थियो । त्यस्तै बिशेष अथिति मेजर(रिटायर्ड) लछमी प्रसाद गुरुङले आफ्नै ब्यवसाय र अरु थुप्रै संघसंस्थाहरुसँग आफ्नो सङ्लग्नता रहेकोले क्वोने समाजको लागि त्यत्ती समय दिन नपाए पनि अबश्यक परेको बेला सकेको सहयोग गरिरहेको र गर्ने प्रतिबध्दता जनाउनुभयो ।

पहिलो र दोस्रो सत्र गरी दुई चरणमा सम्पन्न क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको हिजोको तेस्रो अधिबेसनको पहिलो सत्रमा समाजको निबर्तमान सचिब मेजर राजपती गुरुङले कार्यक्रमस्थलको स्वास्थ्य सुरक्षाबारे जानकारी गराउनुभएको थियो भने नवनिर्बाचित अधक्ष्य पिताम्बर गुरुङले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै स्वागत मन्तब्य दिनुभएको थियो । त्यस्तै कोषाधक्ष्य बोहत गुरुङले वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिब ईन्द्र गुरुङले पनि आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अथिति बौध्दिक ब्यक्तित्व लेउटिनेन्ट (रिटायर्ड) थमनसिङ गुरुङ, बिशेष अथिति मेजर(रिटायर्ड) लछमी प्रसाद गुरुङ, संस्थापक अधक्ष्य नरजङ गुरुङ, अधक्ष्य अनररी लेउटिनेन्ट चन्द्र बहादुर गुरुङ तथा चेलीबेटी प्रमुख राजकुमारी (रचेल) गुरुङले संयुक्त रुपमा दिप प्रज्वल्लन गर्दै कार्यक्रमको उध्दघाटन गरेको थियो भने कार्यक्रमको शुरुवातमा नेपाली राष्ट्रिय गान पनि बजाएको थियो । साथै कोभीडको कारण मृत्‍यु हुनुभएको परिवारको सदस्यहरु र विश्वभर मृत्‍युबरण गर्नुभएका मनिसहरुको सम्झनामा र शोकमा एक मिनेट मौन धारण गरेको थियो ।

कार्यक्रममा संस्थापक अधक्ष्य नरजङ गुरुङ, चेलीबेटी प्रमुख राजकुमारी (रचेल) गुरुङ, तमु धिं यूकेको संस्थापक अधक्ष्य मिन प्रसाद गुरुङ, तमु धिं यूकेको भुपु अधक्ष्य ज्ञाम गुरुङ, संस्थापक संयोजक क्याप्टेन (रिटायर्ड) जीवन गुरुङले आदिले शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा निबर्तमान अधक्ष्य अनररी लेउटिनेन्ट चन्द्र बहादुर गुरुङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने निबर्तमान कार्यसमिती, सल्लाहकरहरु र सम्पूर्ण क्वोने परिवार यूकेलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै उहाँले क्वोने समाज यूकेलाई आफ्नो साथ र सहयोग सधैं रहिरहने प्रतिबध्दता गर्नुभयो र नयाँं कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो । क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको तेस्रो अधिबेसनले समाजको बिधान पनि संसोधन गरेको छ । बिधान संसोधन समितिको संयोजक तमु धिं यूकेको भुपु अधक्ष्य ज्ञाम गुरुङ र सचिबमा बाबुकाजी (राम) गुरुङ तथा सदस्यमा क्याप्टेन जीवन गुरुङ हुनुहुन्थ्यो ।

नवनिर्बाचित कार्यसमितिलाई निर्वाचन आयुक्त बरिष्ठ सल्लाहकार हरि गोबिन्द गुरुङले सपथ खुवाउनु भएको थियो ।

कार्यक्रम खबर यूकेको संस्थापक सदस्य तथा यसै समाजको महासचिब ईन्द्र घोथानेले संचालन गर्नुभएको थियो । त्यस्तै प्रबिधीमा खबर यूकेको अर्का संस्थापक सदस्य तथा यसै समाजको सचिब टोउ गुरुङले सहयोग गरेको थियो ।