नेपालमा पनि एक कोरोडले कोभिड बिरुध्दको खोप लगाए
काठमाडौं । छोटो समयमा धेरै जनतालाई कोरोनाविरुद्धको खोप लगाएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई बधाई दिएको छ । छोटो समयमा १५ प्रतिशत जनतालाई पूर्ण खोप दिन सफल भएको भन्दै विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले नेपाललाई बधाई दिएकी हुन् । ‘छोटो समयमा एक करोड डोज बढी खोप व्यवस्थापन गर्नु र कुल जनसंख्याको १५ प्रतिशत बढीलाई खोप दिलाउन सफल भएकोमा नेपाललाई बधाई ’ उनले भनेकी छिन ।
असोज अन्तिमसम्म एक तिहाई जनतालाई खोप पुर्याउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म पहिलो डोज १७.९ प्रतिशत र पूर्ण मात्रा १५. ४ प्रतिशतलाई दिन सफल भएको छ । खोप लगाउनका लागि तोकिएका २ करोड १७ लाख ५६ हजार ७६३ जना व्यक्तिमध्ये मंगलबारसम्म ५४ लाख २४ हजार ८३६ जना अर्थात (१७.९ प्रतिशत) र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५.४ प्रतिशत पुगेको छ। पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ९२ हजार १६४ जना रहेको छ। नेपालले कुन जनसंख्याको ३३ प्रतिशत जनतालाई खोप लगाउने लक्षण लिएको छ ।
दक्षिणपूर्वी एसियाली देशमा कोभिड-१९ को खोप लगाउनेमा नेपाल अहिले भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड भन्दा अगाडी छ। नेपालमा अहिलेसम्म कोभिडविरुद्धको खोपमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोनसन खोप लगाइएको छ। सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएको छ ।
नेपालमा पूर्ण खोप लगाउने भारतमा भन्दा धेरै
यस्तै नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या भारतमा भन्दा धेरै रहेको छ । भारतमा हालसम्म १० दशमलब ६१ प्रतिशतले पूर्ण खोप लगाएका छन् । भने नेपालले अर्थात १५.४ प्रतिशत रहेको छ। यस्तै दक्षिण एशियाली देशमा पूर्ण खोप लगाउने सबै भन्दा धेरै भुटान रहेको छ । त्यहाँ ७५ प्रतिशतले खोप लगाइसकेका छन। यस्तै माल्दिभ्समा हाल सम्म कुल जनसंख्याको ५५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।