नेपाल आइडल सिजन ४ मा जज (निर्णायकहरु) परिवर्तन हुँदै
काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि सुरु हुने भएको छ । शो’का निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै सुरु हुने बताएका हुन् । फ़्रेन्चाइजका लागि ३ वर्षको अनुमति सकिएपछि शोको विषयमा अन्यौलता छाएको थियो । अहिले मौखिक सहमति भएको र लिखित सम्झौता पश्चात् शो सुरु गर्ने टिमको तयारी छ । यसको लागि निर्देशक पौडेल आशावादी रहेका छन् ।
अबको सिजनमा जज (निर्णायक) भने परिवर्तन हुने छन् । पहिलेका जजहरू अन्य काममा व्यस्त रहेको कारण जज परिवर्तन गर्न लागिएको हो । साङ्गीतिक क्षेत्रका अन्य ख्यातिप्राप्त सङ्गीतकर्मीलाई जज राख्ने टिमको तयारी छ । नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए । उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी प्रकट गरे । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।
यसअघिका सिजनमा न्ह्यु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी जजको रूपमा रहेका थिए ।