अर्थमन्‍त्री जनार्दन शर्माले संसद्‍मा पेस गरेको श्वेत पत्र (पूर्णपाठ)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराएका छन् । संसद्‍मा यथार्थ पत्र प्रस्तुत गर्दै मन्त्री शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको भविष्य अन्धकारबाट उज्यालोतिर लैलाने विश्वास लिएको बताए । ध्यादेशमार्फत ल्याइएको बजेट जनप्रतिनिधिको अनुमोदनविना जनतामाथि कर लगाउन नपाइने भएकाले मुलुकको आर्थिक अवस्था संसद्‍लाई जानकारी गराएको उनले बताए । साझा न्यूनतम कार्यक्रमको सम्बोधन गर्न छिट्टै नै प्रतिस्थापन विधेयक पेस गर्ने उनले बताए ।