भुटानले दिएको कोभिडविरुद्धको अष्ट्राजेनिका खोप नेपाल आइपुग्यो
काठमाडौं । भुटानले नेपललाई अनुदानस्वरुप दिएको अष्ट्राजेनिकाको काेभिड खोप शुक्रबार नेपाल ल्याइएको छ । भुटानबाट ड्रक एयरको जहाजबाट खोप ल्याइएको नागरिक उड्डयन प्राधिकरले जनाएको छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे खाेप ल्याएकाे विमान अवतरण गरेको थियो ।
भुटानबाट २१ बाकस खोप आएको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए। उनकाअनुसार विमानस्थलमा खोप राखिएको छ । भन्सारबाट पास भएपछि खोप टेकुस्थित भण्डारकेन्द्रमा खोप राखिनेछ । भुटानले यसअघि आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर बाँकी रहेको खाेप छिमेकी मुलुकलाई दिने घोषणा गरेको थियो । कोभिडविरुद्धको ३ लाख डोज खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गरेको हो ।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले ‘कोभ्याक्स’ सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो ।
आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि बाँकी रहेकाे करिब ३ लाख डोज खाेप नेपाललाई दिएकाे हाे ।