एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व, बेलायतको निर्वाचन पारीणाम अगष्ट ५ तारिख

गैरआवसीय नेपाली संघको ८४ राष्ट्रिय परिषदहरु मध्ये २०२१ – २३ लागि ६१ देशमा राष्ट्रिय समन्वय परिषद् (एनसिसि) को निर्वाचन सम्पन्न भएको कुरा संघको महासचिव डा.हेम राज शर्माले जानकारी गराउनुभएको छ । हालसम्म ६१ देशहरुमा राष्ट्रिय परिषद गठन भएकोमा ४२ देशको कार्यसमिति निर्विरोध निर्वाचित भएको छन भने १९ देशमा अनलाइन भोटिङ र ७ देशमा भौतिक निर्वाचन मार्फत नेतृत्व चयन भएको शर्माले अवगत गराउनुभयो ।

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन् । अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ ।

प्राविधीक कारणले ३१ जुलाईभित्र राष्ट्रिय निर्वाचन सम्पन्न गर्न नसकेका देश मध्ये डेनमार्कको निर्वाचन अगष्ट ७, पोर्चुगलमा केही क्षेत्रमा स्थगित भएको निर्वाचन अगष्ट ८ मा, स्लोभेनियाको निर्वाचन अगष्ट १४ तारिखमा हुने संघले जनाएको छ ।

संघको युएई राष्ट्रियको निर्वाचन प्रकृया सुरु हुन बाँकी छ । गैरआवासीय नेपाली संघको विश्वभर छरिएर रहेका ८४ मध्ये २० शाखा निस्कृय रहेको संघले जनाएको छ। महासचिव डा.शर्माले ती राष्ट्रिय समितिलाई सकृय बनाउन थालिएको जनाकारी दिए ।

यता बेलायतमा भने अगष्ट २ देखी ३ तारिखसम्म अनलाइन भोटिङ भएको थियो र नतिजा (परिणाम) ५ तारिख आउने निर्वाचन आयोगले जानकारी गराएको छ ।

स्रोत- नागरिकन्युज