एनआरएनए यूकेको अन्तिम मतदाता नामावली प्रकाशन, आज उम्मेदवारी दर्ता (नामावलीसहित)
लन्डन । एनआरएनए यूकेको आगामी जुलाई ३१ तारिख हुने निर्बाचनको लागि अन्तिम नामवली प्रकाशित गरेको छ । निर्वाचन समितिले आइतबार बेलुका ११ हजार ३ सय ६३ मतदाताको नामावली प्रकाशन गरेको छ ।
यसअघि मतदाताको प्रथम नामावलीमा प्रकाशितमध्ये डेढ सय बढीको नाम भने अन्तिम नामावलीमा काटिएको छ । मतदाताको नामविरुद्ध परेको दावी विरोधमाथिको छानबिनपछि रीत नपुगेका विभिन्न १ सय ६९ जनाको नाम काटिएको निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलले जानकारी दिए ।
त्यस्तै आज जुलाई १९ तारिख २०२१ साल सोमबार उम्मेदवारी दर्ता शुरु गरेको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता कार्य आज बिहान १ बजेदेखी शुरु भएर भरे बेलुका ८ बजेसम्म सम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ ।
निर्वाचन तालिकाअनुसार उम्मेदवारको प्रथम नामावली मंगलबार दिउंसो १ बजे प्रकाशित हुनेछ । दावीविरोधका लागि बुधबार दिउंसो १ बजेसम्मको समय छ भने उम्मेदवारको अन्तिम नामावली बिहीबार दिउँसो २ बजे प्रकाशन हुनेछ ।
मतदान जुलाई ३१ तारिख शनिबार पूरा दिन (००:०० देखि २३:५९ सम्म) अनलाइन हुनेछ । निर्वाचन नतिजा घोषणा र शपथ अगष्ट १ तारिख ‘भर्चुअल’ रुपमा गरिनेछ
निर्वाचन यही जुलाई ३१ तारिख अनलाइन हुँदैछ ।
एनआरएनए यूकेको अन्तिम मतदाता नामावली यस प्रकार रहेको छ ।