एनआरएनए यूकेको अधिबेशन एक हप्ता पछि, निर्वाचन तालिकामा पनि हेरफेर

उम्मेदवारी दर्ता जुलाई १९ तारिखमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आज एक बिज्ञप्ती जारी गर्दै आगामी जुलाई १८ तारिखलाई तय गरेको राष्ट्रिय पेरिषदको अधिबेशन एक हप्ता पछि सारेरा आगामी जुलाई २५ तारिख आईतवार २०२१ मा सारेको छ । बिज्ञप्तीमा जानकारी गराए अनुसार प्राबिधिक कारण पूर्व निर्धारित मितिमा अधिबेशन नहुने र एकहप्ता पछि सारेको थियो । संघले जुलाई २५ तारिख भर्च्युल्ली हुने अधिबेशनमा सम्पूर्ण पन्जिक्रित सदस्यहरुलाई सहभागी हुन अनुरोध गरेको छ ।

त्यस्तै हिजै मात्र निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलले एक सूचना जारी गर्दै यसअघि प्रकाशित निर्वाचनको तालिका ‘निष्क्रिय’ बनेको जानकारी गराउनुभएको थियो । मतदाताहरुको नामावलीमा परेको दावी विरोधबारेको छानबिनले पूर्णता पाइनसकेको कारण निर्वाचन कार्यक्रम पर सार्नुपरेको संयोजक कंडेलले उल्लेख गरेको थियो । तर बिहीबार साँझ प्रकाशित नयां तालिका अनुसार उम्मेदवारी दर्ता १९ जुलाईमा साँझ ८ बजेभित्र हुने भएको छ ।

साथै कंडेलले आज एक सूचना जारी गर्दै यसअघि प्रकाशित निर्वाचनको तालिका परिवर्तन गरेर नयां कार्यतालिका सार्वजनिक गरेका छन ।

एनआरएनए यूके निर्वाचन यही जुलाई ३१ मा अनलाइन माध्यमबाट हुँदैछ ।