पोखराका मेयरलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।

अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।

मेयर जिसीको पछिल्लो अवस्था

मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । पोखरा-१२ स्थित निवासमा सुतिरहेका उनलाई शुक्रबार बिहान ४ बजे अप्ठेरो महसुस भएपछि तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए ।

मेयरका प्रेस संयोजक माधव बरालले चिकित्सकहरुलाई उद्धृत गर्दै जनाएअनुसार उच्च रक्तचापका कारण उनको मुटुको नसामा सानो अवरोध देखिएको छ । त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले दिए । मेयर जिसीलाई थप उपचारका लागि एभरेस्ट हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । काठमाडौं बाँसबारीस्थित स्नायु(न्युरो) अस्पतालमा जिसीको उपचार गरिने भएको छ ।

फोटो- सरोज केसी फेसबुकबाट