बुद्धिस्ट गुम्बा रिडीङ युकेले दश लाख पन्चानब्बे हजार दान सहयोग
रिडिङ, बर्कसायर । बुद्धिस्ट गुम्बा रिडीङ युकेले २५६५औं बुद्ध जयन्ति र सागा धाव पुर्णिमा तिथिको सुअबसर पारेर नेपालमा निर्माणाधीन गुम्बाहरुको लागि रु १०,९५,०००/- ((अक्षरुपी दस लाख पन्चानब्बे हजार) दान सहयोग प्रदान गरेको कुरा बुद्धिस्ट गुम्बा रिडीङ युकेको महासचिब कमल कोंने गुरुङले खबर यूकेलाई जानकारी गराउनु भएको छ । यस बर्ष कोरोना महामारीको कारण औपचारिक रुपमा बुद्ध जयन्ति कार्यक्रम मनाउन नसकिएता वा नमिलेता पनि दान तथा सहयोग गर्ने क्रम भने रोकिएन । संयोगवस यस पटक बुद्ध जयन्ति र सागा धावको पुर्णिमा तिथि सँगै परेको हुँदा यस्तो विशेष अबसरमा पुण्यतिथि अनुकूल पुण्यको महासागरमा थोपा थोपाको मिश्रण सम्बन्ध राखि पुण्यसंचय गर्ने पवित्र उदेश्यका साथ बुद्धिस्ट गुम्बा रेडिङ् युकेका अध्यक्ष ई. खेमबहादुर गुरुङको अगुवाईमा र बुद्धिस्ट गुम्बा आमा समुहको सक्रियतमा बुद्धिस्ट गुम्बा युकेका मुल गुरु तथा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका केन्द्रिय अध्यक्ष श्रद्धेय खेन रिन्पोछे शिर लामा गुरुको निर्देशनमा नेपालको बिभन्न ठाँउहरुमा आर्थिक अभावका कारण निर्माण गर्न कठिन भईरहेको केही गुम्बाहरुलाई दान सहयोग गर्ने निर्णयभएअनुसार बुद्ध जयन्तिको अवसर पारी श्रद्धालू भक्तजनहरुबाट संकलित दान रकम मुल गुरु श्रद्धेय खेन रिन्पोछे शिर लामा गुरुङ मार्फत नेपालको बिभिन्न ठाउँहरुमा निर्माणाधीन गुम्बाहरुलाई सहयोग बितरण गरीसकेको छ ।
सहयोग रकम – दोलखा जिल्ला गैरीशङ्कर गाँऊपालिका ७ मार्बू स्थित छम्पा गुम्बालाई रु२,८०,०००- (अक्षरुपी दुई लाख अस्सी हजार), ईलाम जिल्ला सन्दकपुर ४ माबु स्थित काथोग नम्नङ होईसल क्षोलिङ गुम्बालाई रु२,८०,०००/- (अक्षरुपी दुई लाख अस्सी हजार), झापा जिल्ला मेचिनगर ७ काँकटभिट्ट स्थित ङाग्यु देक्षेन छ्योलिङ (गुरुङ गुम्बा) गुम्बा लाई रु२,८०,०००/- (अक्षरुपी दुई लाख अस्सी हजार), ईलाम जिल्ल सन्दकपुर ५ जमुना स्थित साङ् छ्योलिङ गुम्बालाई रु२,५५,०००/- ((अक्षरुपी दुई लाख पचपन्न हजार) दान सहयोग गरेका छन् ।
निर्माणाधिन यी गुम्बाहरुलाई जम्मा रु १०,९५,०००/- ((अक्षरुपी दस लाख पन्चानब्बे हजार) दान सहयोग प्रदान गरेको छ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले यस भन्दा अघिल्लो बर्षहरुमा पनि बिरामी, अपंङ्ग, गरिब तथा अनाथहरुलाई आर्थिक सहयोग गरेको थियो । आपत बिपतमा परेकोहरुलाई दान तथा सहयोग गरेर पुण्य काम जारी रहेको कुरा महासचिब कमल कोंने गुरुङले जानकारी गराउनु भयो ।