एनआरएनए यूकेको सदस्यता दर्ता प्रकृयामा त्रुटी भएको अधक्ष्यको प्रत्यासी दिपक श्रेष्ठ
लण्डन । एनआरएनए बिधान बमोजिम अधिकांस राष्ट्रिय परिषदहरुमा अहिले राष्ट्रिय अधिबेसन गर्ने र नयाँ कार्यसमिती गठन गर्ने चटारो चलिरहेको छ । अमेरिका लगायत केही देशहरुमा नयाँ कार्यसमिती गठन भईसकेको छन । एनआरएनएको जननी भुमी यूकेमा पनि यही जुलाई महिनाको आखिरीमा ३१ तारिख निर्वाचन मार्फत नयाँ राष्ट्रिय परिषद गठन गर्ने तयारीमा छ । यसका लागि झन्डै एघारा हजार छ सय जना बेलायतबासी नेपालीले संघको पन्जिक्रित सदस्य (मताधिकार सदस्य) बन्न आबेदन दिएको कुरा एनआरएनए यूकेले जानकारी गराएको छ । तर, सदस्य बन्न आबेदन दिनुहुने मनिसहरुको सदस्यता दर्ता र प्रमाणीकरण प्रकृयामा त्रुटी भएको कुरा अधक्ष्यका प्रत्यासी मध्ये एक दिपक श्रेष्ठले सामाजिक सन्जाल मार्फत प्रेस बक्तब्य जारी गर्दै सचेत तथा ध्यानाकर्षण गराउनु भएको छ ।
यसै सन्दर्भमा खबर यूकेको सदस्य ईन्द्र घोथानेले अधक्ष्यको उम्मेदवार दिपक श्रेष्ठलाई फोन गरेर बुझ्दा दिपकले नियतबस वा भुलबस यस्तो त्रुटी वा अनिमियतता हुनसक्छन तर सदस्यता बन्न जुन किसिमको मापदण्ड राखेको थियो त्यस अनुरुप (प्रकृया पुर्याएर) सदस्यता दर्ता र प्रमाणीकरण नगरेको कुरा खबर यूकेलाई जानकारी गराउनुभएको छ । बिशेष गरेर ब्यक्तिको पहिचान खुलाउने फोटो, ठेगाना र ड्राइभिङ लाइसेन्स आदि स्पष्ट नभएको कुरा जानकारी गराएको छ । कतीसम्म भने कुनै कुनै सदस्यहरुको दर्ता र प्रमाणिकरण गर्दा बालकहरुको फोटो, सामाजिक सन्जालबाट फोटोहरु डाउनलोड गरेर अमिल्दो फोटोहरु प्रयोग गरेको कुरा खुलासा गराउनुभयो ।
यस बिषयलाई अधक्ष्यको प्रत्यासी दीपकले निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ । यस बिषयलाई गम्भिरताका साथ नलिने र त्यस उपर कुनै सुनुवाई वा सच्याइएन भने एक हप्तापछि पत्रकार सम्मेलन मार्फत स-प्रमाण जानकारी वा पर्दाफास गर्ने कुरा आफ्नो प्रेस बिज्ञप्ती र सदस्य ईन्द्र घोथानेलाई फोनमा जानकारी गराउनुभयो ।
अधक्ष्यको प्रत्यासी दिपक श्रेष्ठको प्रेस वक्तव्य-
बेलायतवासी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरु एवम् संचारकर्मी मित्रहरु,
गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता लिने क्रममा प्राप्त भएका आएका अनलाईन फर्महरूलाई प्रमाणिकरण गर्नेसंबन्धी नियमावलीलाई नै मिच्दै प्रमाणीकरण भइरहेको संवेदनशील विषयमा तपाईंहरु सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
सदस्यता प्रमाणीकरणमा गैर आवासीय नेपाली संघ युकेको सदस्यता प्रमाणीकरणसम्बन्धी नियमावलीमा पासपोर्ट, ड्राईभिंग लाईसेन्सको फोटोहरूलाई नै कांटछांट (क्रप) गरेर फर्ममा प्रयोग गर्न नपाईने,ठेगाना नभएका फर्महरुलाई प्रमाणीकरण नगर्ने भन्ने लगायतका बुंदा स्पस्टसंग व्यवस्था गरिएको हुँदाहुँदै पनि पासपोर्ट, ड्राईभिंग लाईसेन्स लगायतमा भएका फोटोहरूलाई नै कांटछांट गर्दै फोटोहरू प्रयोग गरिएका फर्महरू, ठेगाना नभएका फर्महरु,बाललिकाको फोटो,कार्टूनको फोटो , घरको फोटो ,बास्केट बल खेलेको फोटोहरू लगायतका प्रोफाईल फोटोहरू राखिएका सदस्यता आवेदनहरु समेत प्रमाणिकरण गरिएको छ ।
त्यस्तै, निर्वाचनलाई नै प्रभावित पार्ने किसिमका एकै प्रकारका ईमेलहरु लगायतका थुप्रै नियम विपरित आएका फर्महरू प्रमाणीकरण गर्ने कार्य भएकोले संघको विधान र नियमावली मिचेर अवैधानिक रुपमा प्रमाणीकरण भएका सबै सदस्यता फर्महरूलाई बिना शर्त रद्ध गर्न म जोडदार माग गर्दछु । यसरी सदस्यता लिने प्रकृयादेखि नै नियमविपरित र अवैधानिक गतिविधिहरु हुनुले आगामी अधिवेसन र निर्वाचनमाथि नै शंका उत्पन्न हुने अवस्था बनेको छ। यस्ता कार्यहरुबाट निर्वाचन प्रकृयालाई नै प्रभावित हुने र निश्पक्ष निर्वाचन हुनेमा गम्भिर आशंका उत्पन्न भएकोले बेलैमा सम्बन्धित सबैको ध्यान पुगोस भन्दै ध्यानाकर्षण गराउन चाहन्छु ।
सदस्यता प्रमाणीकरणमा नियमविपरित भएका प्रमाणहरू मसँग सुरक्षित छन । सम्बन्धित निकायमा ती प्रमाणहरु पठाइसकेको छु, आवश्यक परेमा म जुनसुकै बेला सार्वजनिक गर्न तयार छु । सदस्यता प्रमाणीकरण जस्तो गम्भिर र संवेदनशील प्रक्रियामा समेत नियम मिचेर, षड्यन्त्रपूर्ण तरिकाले गरिएका कर्तुतहरू लुकाउनकै लागि प्रमाणिकरणको प्रक्रियामा अन्य उम्मेद्वारहरुलाई समावेश गर्ने तर मलाई मात्रै बन्चित गर्ने गरिएको रहेछ भन्ने अहिले प्रमाणित भएको छ ।
सदस्यता प्रमाणीकरणका लागि मलाई अन्तिम १ दिन को लागि मात्र अवसर दिइएको बेला मैले यी सबै अनियमित कार्यका प्रमाणहरू संकलन गर्ने मौका पाएको थिए ।
यसरी नियमविपरित प्रमाणीकरण गरिएका सदस्यहरुबाट चुनाव गराउंदा चुनाव निश्पक्ष र स्वतन्त्रत हुन सक्दैन भन्ने कुरामा अब कुनै दुई मत छैन । म यसरी बनाइएका सबै सदस्यहरूलाई १ हप्ताको समय दिएर प्रोफाईल पिक्चर परिवर्तन गराएर गल्ती सच्याउने मौका मिलाउन जोडदार माग गर्दछु । तर त्यसो नगरी बलपूर्वक नियम मिचेरै निर्बाचनमा सहभागी गराउने कार्य गरिए म यो गलत र अवैधानिक कार्यविरुद्ध सबै बाटो र माध्यमहरुबाट लड्दै बेलायती अदालतको ढोका ढक्काउन सम्म बाध्य हुने जानकारी गराउंछु । यस सम्बन्धमा मैले १ हप्ता अगावै गैरआवासीय नेपाली संघ बेलायत, संरक्षक परिषद, निर्वाचन समिती २०२१, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति लगायतलाई जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको हुँदा यसबाट निर्वाचन प्रक्रियमा कुनै असर पर्न गएमा संबन्धित पक्ष नै जवाफदेही हुनेतर्फ सचेत गराउन चाहन्छु ।
धन्यवाद ।
भवदीय
दीपक कुमार श्रेष्ठ
अध्यक्षका प्रत्याशी उम्मेदवार
गैर आवासीय नेपाली संघ युके