तमु समाज यूकेको अधक्ष्यमा शिब कुमार गुरुङ निर्बाचित

लण्डन । संयुक्त अधिराज्य (यूके)मा तमुहरुको (गुरुङहरुको) अर्को ठुलो तथा परोपकारी संस्था तमु समाज यूकेको अधक्ष्यमा शिव कुमार गुरुङ निर्बाचित हुनुभएको छ । हिजो मिति २७ जुन २०२१ साल आईतवार समाजको वेम्बली स्थित समाज घरमा आयोजित चौधौ वार्षिक साधारण सभा तथा छैठौ महाधिबेसन २०२१ ले शिव कुमार गुरुङलाई अधक्ष्यमा निर्बाचित गरेको हो ।

बेलायत सरकारको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै प्रतक्ष्य सशरीर पहिलो र दोस्रो सत्र गरी दुई चरणमा छैठौ महाधिबेसन सम्पन्न भएको कुरा समाजको संस्थापक अधक्ष्य चित्र बहादुर गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । समाजको चौधौ वार्षिक साधारण सभा अधक्ष्य शिवचन्द्र गुरुङको अधक्ष्यतमा संस्थापक अधक्ष्य चित्र बहादुर गुरुङ प्रमुख अथिती रहेको पहिलो सत्रमा संस्थाको उपाधक्ष्य शिव कुमार गुरुङ र कोषाधक्ष्य श्याम गुरुङले समाजको वार्षिक आयब्याय (आर्थिक प्रतिबेदन) पेश गार्नुभएको थियो । साथै समाजघरको मोर्गेज सम्बन्धमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो । यसै वार्षिक साधारण सभामा समाजले उत्कृष्ट सल्लहकारमा तनहुँ जिल्ला यूकेका अधक्ष्य लेख गुरुङलाई सम्मान गरेको थियो र तमु समाज यूकेको आजीवन सदस्य तथा सल्लाहकार नारायणसिङ गुरुङ घान्द्रुक समाज यूकेको अधक्ष्य हुनुभएकोमा तमु समाज यूकेको तर्फबाट खाता ओढाइ हार्दिक बधाई तथा शुभकामना दिएको थियो ।

त्यस्तै पहिलो सत्रको वार्षिक साधरण सभामा तमु समाज यूकेको हाउजिङ समितिका संयोजक उपाधक्ष्य शिव कुमार गुरुङ लगायत हाउजिङ समितिका सम्पूर्ण ११ जना सदस्यहरुलाई समाज घर किन्न सफल हुनुभएकोमा समाजले धन्यवाद अनि सम्मान गरेको थियो । त्यस लगत्तै समाजको संबिधान संशोधन गर्दै बर्तमान कार्यसमितिको अधक्ष्य शिवचन्द्र गुरुङले बर्तमान कार्यसमितिको कार्यकाल समाप्ति भएको जानकारी गराउनु हुँदै बर्तमान कार्यसमिती भङग भएको घोषणा गर्नुभयो । यससँगै पहिलो चरको कार्यक्रम सम्पन्न भएको थियो र खाना खानेको ब्रेक भएको थियो ।

दिउंसोको खाना पश्चात समाजको छैठौ महाधिबेसन समाजको सल्लाहकर, गोरखा जिल्ला समाज यूकेको संस्थापक अधक्ष्य तथा निर्वाचन समितिको अधक्ष्य लेप्टेन थम प्रसाद गुरुङ, निर्वाचन समितिको सचिब भुपु अधक्ष्य अर्जुन कुमार गुरुङ र निर्वाचन समितिको सदस्य भुपु कोषाधक्ष्य श्री केदार बहादुर गुरुङले छौठौ महाधिबेसनको सुरुवातमा निर्वाचन समितिको अधक्ष्य लेप्टेन थम प्रशाद गुरुङले समाजलाई शुभकामना सहित निर्वाचन र निर्वाचन समितिले सम्पन्न गरेको कृयाकलापहरुबारे छोटो विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसपछि निर्वाचन समितिको सचिब अर्जुन कुमार गुरुङले छौठौ कार्यकरणी समितिको नाम बाचन गरेर सुनाउनुभएको थियो । छौठौ कार्यकरणी समितिको नाम फुकार गरे पस्चात नयाँ कार्यसमितिलाई बिभिन्न पदका सहायकहरु र उपसमितिहरु गठन गर्न वा नाम सिफारिस गर्नको लागि समय दिएको थियो । जुन समयमा नयाँ कार्यसमितिले सहायकहरु, उपसमितिहरु र उपसमितिको प्रमुखहरुको नाम सिफारिस गरेका थिए । यसरी छैठौ कार्यसमितिले पूर्णता पाए पस्चात निर्वाचन समितिको अधक्ष्य लेप्टेन थम प्रसाद गुरुङले नयाँ कार्यमितिलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । सपथ ग्रहण पछी निर्वाचन समितिको अधक्ष्य तथा समाजको संस्थापक अधक्ष्य चित्र बहादुर गुरुङले नबनिर्बाचित कार्यसमितिलाई खाता तथा संस्थाको चिन्ह प्रदान गर्दै बधाई अनि शुभकामना दिनुभएको थियो ।

त्यसपछि संस्थाको पाँचौ कार्यसमितिको अधक्ष्य शिवचन्द्र गुरुङको श्रीमान तथा श्रीमतीलाई संस्थाको तर्फबाट सफल कार्यकाल सम्पन्न गार्नुभएकोमा संस्थाको तर्फबाट खाता, माला र सौजन्य चिनो सहित धन्यवाद ज्ञापन गरेको थियो । त्यस्तै गरेर निबर्तमान अधक्ष्य शिवचन्द्र गुरुङले नबनिर्बाचित अधक्ष्य शिव कुमार गुरुङलाई सम्पूर्ण पदभार (जिम्मेवारी) हस्तान्तरण गर्नुभएको थियो भने नयाँ अधक्ष्यले पदभार ग्रहण गर्नुभयो । त्यस्तै निबर्तमान अधक्ष्यको श्रीमती र नबनिर्बचित अधक्ष्यको श्रीमतीहरुले पनि एक अर्कालाई सौल ओढाइ बिदाइ तथा स्वागत गर्नुभएको थियो । त्यस्तै कार्यक्रम निबर्तमान कार्यसमितीका पदाधिकारीहरुलाई औपचारिक रुपमा धन्यवाद तथा बिदाइ पनि गरेको थियो ।

पहिलो चरणको कार्यक्रम समाजको महासचिब हर्क गुरुङले सन्चालन गर्नुभएको थियो भने दोस्रो सत्र निर्वाचन समितिको संयोजक भुपु अधक्ष्य अर्जुन कुमार गुरुङ सन्चालन गर्नुभएको थियो । कार्यक्रममा बर्तमान पाँचौ कार्यसमितिका पदाधिकारीहरु, संस्थापक अधक्ष्य, सल्लाहकारहरु, निबर्तमान तथा भुपु पदाधिकारीहरु र समाजको सदस्यहरुको प्रतक्ष्य उपस्थिति रहेको थियो ।

तमु समाज यूकेको नवनिर्वाचित वा छैठौ कार्यसमिती यस प्रकार रहेको छ-

१, श्री शिव कुमार गुरुङ- अधक्ष्य
२, श्री हर्कबहादुर गुरुङ- वरिष्ठ उपाध्यक्ष
३, श्री भीमबहादुर गुरुङ- उपाध्यक्ष
४, श्रीमती बिन्दु घले- उपाध्यक्ष
५, श्री धर्म बल गुरुङ- महासचिब
६, श्री सुबा घले- सचिब
७, श्री खेम बहादुर गुरुङ- कोषाध्यक्ष
८, श्री रूबिन गुरुङ- सहकोषाधक्ष्य

यसैगरी संस्थाको उपसमिती अन्तर्गत आमा समूहमा-

१, श्रीमती उमा गुरुङ- अधक्ष्य
२, श्रीमती मथुरा गुरुङ- उपाध्यक्ष
३, श्रीमती मिरा गुरुङ- सचिव र
४, श्रीमती बिबा गुरुङ- कोषाध्यक्ष

त्यस्तै युवा समिति अन्तर्गत-

१, श्री ओमकार गुरुङ- अधक्ष्य