पोखरेली मंच यूकेले आयोजना गर्दै आएको नेपाल कप टि ट्वान्टी क्रिकेट र हाइक फोर नेपाल यस बर्ष नहुने

लन्डन । पोखरेली मंच यूकेले हरेक बर्ष आयोजना गर्दै आएको नेपाल कप टि ट्वान्टी क्रिकेट र हाइक फोर नेपाल यस बर्ष नहुने भएको कुरा मंचको अधक्ष्य मान प्रसाद गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । बेलायत सरकारले गत हप्ता जुन २१ तारिख २०२१ देखी कोभिड सम्बन्धि स्वास्थ्य सुरक्षाको सम्पूर्ण प्रतिबन्धहरु हटाइने भनेको भए पनि बेलायतमा कोभिड सन्क्रमणहरुको सन्ख्या बढे लगत्तै यस अघि हटाइने भनेको प्रतिबन्धहरु अर्को चार हप्तालाई लम्ब्यएकोले आगमी जुलाई १७ र १८ तारिखलाई तय गरिएको यस बर्षको नेपाल कप टि ट्वान्टी क्रिकेट- २०२१ (Nepal Cup T20 Cricket-2021) यस बर्षलाई स्थगित गरेको कुरा अधक्ष्य मानप्रसद गुरुङले जानकारी गराउनुभयो ।

त्यस्तै मंचले नै हरेक बर्ष आयोजना गर्ने अर्को चर्चित कार्यक्रम “हाइक फर नेपाल २०२१” पनि यस बर्षलाई स्थगित गरेको कुरा अधक्ष्य गुरुङले खबर यूकेलाई खबर गर्नुभएको छ । इन्डियन भेरीयन्ट नामले चिनेने डेल्टा कोभिड भेरीयन्ट बेलायतमा तिब्र रुपमा फैलीरहेको र यो भेरीयन्ट अरु कोभिड भेरीयन्ट भन्दा आक्रमक भएको बैज्ञानिकहरुले पुष्टी गरेकोले जनस्वास्थ्यको लागि सम्बेदन भई यस किसिमको सामुहिक कार्यक्रमहरु नगर्नु नै उचित भएकोले आयोजक समितिको आज बसेको बैठकले यस बर्षको “हाइक फर नेपाल २०२१” स्थगित गर्ने निर्णय गरेको छ ।

लगातर दोस्रो बर्ष दुबै कार्यक्रमहरु रध्द वा स्थगित गर्नुपरेकोमा अधक्ष्य गुरुङले दु:ख मान्दै यसबाट खेलाडीहरु, दर्शकहरु र प्रक्रितीप्रेमी हाइकरहरुमा पर्न गएको असुबिधा प्रति क्षमा यचना गर्नुभएको छ । त्यस्तै नेपाल कप टि ट्वान्टी क्रिकेट- २०२१ संयोजक कर्म गुरुङले खेलाडी र दर्शकहरुमा पर्न गएको असुबिधाप्रति क्षमा याचना गर्नुभएको छ । यसैगरी हाइक फर नेपाल २०२१ को कार्यक्रम संयोजक मेजर रिटायर्ड खुशीमान गुरुङले पनि दु:ख मनाउ गर्दै यसबाट प्रक्रितीप्रेमी हाइकर (यात्रीहरु) प्रति क्षमा याचना गर्नुभएको छ ।

उहाँहरुले कोभिड कारण भएका र हुनसक्ने मानवीय क्षतिबारे आफुहरु अत्यन्तै सम्वेदनशील रहेकोले यी कार्यक्रमहरु स्थगित गर्नु नै उपयुक्त भएकोले यस बर्षलाई दुइटै कार्यक्रमहरु स्थगित गरेको कुरा बताउनुभयो । साथै उहाँहरुले यस बिसम परिस्थितीबाट सबैले छिटोभन्दा छिटो मुक्त पाओस भनी कामना अनि प्रार्थना गरिरहेको र समय परिस्थिती अनुकुल भएमा आगमी बर्षहरुमा उक्त कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबध्दता गर्नुभएको छ । साथै उहाँहरुले अहिलेसम्म प्राप्त साथ र सहयोगको लागि सबैलाई हार्दिक धन्यवाद तथा अभार व्यक्त गार्नुभएको छ ।