गुरुङ सोसाइटी केन्ट यूकेले आर्थिक स्थिति कमजोर भएका नेपालीको स्वास्थ्य उपचारका लागि सहयोग
केन्ट यूके । गुरुङ सोसाइटी केन्ट यूकेले कोभिड १९ को महामारीमा परेका निम्न आय भएका नागरिकलाई सहयोग गर्ने उद्धेश्यले नेपालमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बसुन्धरा स्थित ग्रिनसिटी अस्पताल र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र मार्फत सहयोग गर्ने गरी शनिबार एक समारोहकाबीच गुरुङ सोसाइटी केन्ट यूकेले सहयोग प्रदान गरेको हो ।
समाजले ग्रिनसिटी अस्पताललाई ५ लाख ७७ हजार, डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ३ लाख र पबित्र गुरुङलाई १ लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । त्यसै गरि समाजले एनआरएनए यूकेलाई पनि २ वोटा अक्सिजन कन्सन्ट्रेटरको लागि १४०० पाउण्ड गत मे महिनामा हस्तान्तरण गरिसकेको समाजका महासचिव गोलमान गुरुङले बताए ।
यूकेका तर्फबाट महिला संयोजक पबित्र गुरुङले ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई ५ लाख ७७ हजार र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेललाई ३ लाख हस्तान्तरण गर्दै सहयोगको सहि ठाउँमा उपयोग हुने बिश्वास ब्यक्त गर्नुभएको छ । सो अबसरमा गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष श्रीमती राजदेवी गुरुङले अर्चुवल मार्फत संबोधन गर्दै आफुहरु देश बाहिर भएपनि भावना र मन नेपालमै भएको र आफनो समाजले गरेको सहयोगले दुखिरहेको घाउमा मलम पट्टी लगाउने बिश्वास ब्यक्त गर्नुभएको छ ।
उक्त कार्यक्रममा समाजका पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार चित्र गुरुङले आफुहरु नेपाली भएकोले पनि सहयोगका हात बढाईरहने बिश्वास ब्यक्त गर्नुभएको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अस्पताल र गुरुङ सोसाइटी केन्ट यूके बीचको सहकार्य उदाहरणीय हुने बताउनु भएको छ । वहाँले अस्पतालले बिगतमा पनि दीन दुखीका लागि निशुल्क उपचार गर्दै आएको जानकारी पनि गराउनु भयो ।
ग्रिनसिटी अस्पतालले निकै लामो समय सम्म दिशा गर्न नसकेकी एक बालिकाको निशुल्क अप्रेशन गर्ने लगायतका आर्थिक स्थिति कमजोर भएर उपचार नपाएका धेरैको उपचार गरी उदाहरणीय कार्य गर्दै आएको छ । सोही अस्पतालका फाइनान्स डाइरेक्टर रेनुका गुरुङले आर्थिक स्थिति कमजोर भएर कोही पनि उपचारबाट बञ्चित नहुन भन्ने उद्धेश्यले गुरुङ सोसाइटी केन्ट यूकेका पदाधिकारी र सदस्यहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै यो सहयोगलाई सबद्ध पक्षका लागि उपयोग गरिने बिश्वास दिलाउनु भएको छ ।
अस्पतालमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेलले यो सहयोग मिनी अक्सिजन प्लाण्टका लागि खर्च गरिने जानकारी गराउनुभयो ।
नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक बद्री काजी गुरुङले संचालन गर्नुभएको सहयोग हस्तान्तरण कार्यक्रममा बरिष्ठ पत्रकार एवं जनता टेलिभिजनका प्रधानसम्पादक टंक पन्त, समाजसेबी उमेश श्रेष्ठ, सघीय संसद सचिवालयका उपसचिब कमल खडका, अस्पतालका आइटी अधिकृत प्रबीन टण्डन लगायतको उपस्थिति थियो । गुरुङ सोसाइटी केन्ट यूकेले स्थापनाको १४ बर्ष देखि नेपालमा अफ्ठ्यारो पर्दा पबित्र भावनाका साथ आर्थिक एवं अन्य सहयोग पनि गर्दै आएको छ ।