हङकङको नेपाली समुदयमा “हयाकर”को आतंक; झुक्याएर रकमहरु लुटिरहेको
हङकङ । हङकङको सुपरिचित युवा समाजसेवी तथा सामाजिक अभियन्ता चेतन गुरुङले एउटा भिडियो सन्देश प्रेषित गर्दै र खबर यूकेको सदस्य ईन्द्र घोथानेसँग कुरा गर्नुहुँदै- हङकङमा “हयाकर” हरुले नेपाली समुदयलाई लक्षित गर्दै धेरै मात्रमा रकमहरु लुटीरहेको कुरा जानकारी गराएको छ । चेतन गुरुङले हयाकरहरुले लुट्ने काम निरन्तर गरीरहेको हुँदा खबर यूके मार्फत पनि हङकङबासी नेपालीहरुलाई सजग र सतर्क गराउनुहुन अनुरोध गर्नुभयो । चेतनको अनुसार “हयाकर” ले बैंक खातामा पैसा हाल्न लगाउने, फोन (मोबाइल) को सिमहरु “ह्यक” गर्ने र आफ्नै नजिकको साथीभाइ अनि इष्टमित्र बनेर तुरुन्तको तुरुन्त बैंकमा पैसा हाल्न लगाउने, झुकाएर पैसा लुटिरहेको कुरा अबगत गराउनुभयो । गुरुङको अनुसार अहिलेस्म्म १४ जना नेपालीहरु पीडित भएको कुरा आफुलाई जानकार भएको र यसभन्दा बढी पीडित हुनसक्ने कुरा खबर यूकेलाई जानकार गराएको छ ।
एउटा सन्दर्भमा- घरमा सुतिरहेको श्रीमतीको फोनबाट राती काम गरिरहेको श्रीमानलाई बैंकको कार्डको पीन किन परिवर्तन गरेको, पीन कती हो भनी सोधेको तर विश्वास नलागेर राती नै घर फर्केर बुझ्दा श्रीमती सुतिरहेको भेटियो, हयाकरले उसको श्रीमतीको फोन (मोबाइल) हयाक गरेर अरु कसैबाट त्यो सब झुट्टो काम गरेको पाइयो । त्यस्तै एकजना नेपाली दिदीको बैंक खाताबाट ५० हजार डलर निकालेको जानकार भएकोछ ।
शुरुमा आफुहरुले पनि नपत्याएको र खासै वास्ता नगरेको तर पछी थुप्रै पीडितहरुले जानकारी गराउनुभएपछि यस बिषयमा खोजतलास गर्दा यी कुराहरु खुलेको जानकारी गराउनुभयो । गुरुङले यी घटनाहरु अपत्यारिलो लाग्ने तर हयाकरहरुले थुप्रै नेपालीलाई पीडित बनाइसकेको कुरा जानकारी गराउनुभयो । चेतनको अनुसार यो सब लुट्ने (हयाक) काममा नेपाली नै संलग्न हुनसक्ने अनुमान गरेको छ । उहाँले यदि कुनै पढेलेखेको, प्रबिधीमा पोख्त जो कोही नेपाली हो भने आफ्नो ज्ञान र सीप यस्तो नराम्रो काममा (लुट्ने) लगाउन भन्दा राम्रो कामको प्रयोग गर्न अनुरोध गर्नुभएको छ । साथै गुरुङले यस्तो अपराधिक काम गर्ने जो कोही भए पनि छिट्टै खोजिनिती गरेर कानुनी कारबाहीको लागि पहल गरिने कुरा बताउनु बताउनुभयो ।