एनआरएनए यूकेले पत्रकार महासंघ यूकेको नबनिर्बाचित कार्यसमितीलाई बधाई

अल्डरसट, ह्याम्पसायर । एनआरएनए यूकेले पत्रकार महासंघ यूकेको नबनिर्बाचित कार्यसमितिलाई संघको अल्डरसट स्थित कार्यालयमा एक परिचयात्मक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना दिएको छ ।

कार्यक्रममा पत्रकार महासंघ यूकेको नबनिर्बचित महिला उपाधक्ष्य प्रमिला लाबुङ राईले आफु रेडियोसँग बढी सम्बन्धन भएकोले बेलायतमा अरु समुदयाको जस्तो रेडियो स्टेसन वा कार्यक्रमहरु सन्चालन गर्न सक्यौ भने राम्रो हुन्थ्यो भन्ने मनसाय राख्नुहुँदै बिगतमा आफुहरुले प्रयास गरेको तर त्यसलाई निरन्तरता दिन नसकेको अनुभब सुनाउनुभएको थियो । बेलायतमा नेपाली अनलाइन न्युज पोर्टलहरु थुप्रै रहेको र ती सँगसंगै एक दुईवटा रेडियो स्टेसनहरु पनि सन्चालन गर्न पाएमा राम्रो हुन्थ्यो भन्ने कुरा जाहेर गर्नुभएको थियो । त्यस्तै नबनिर्बाचित महासचिब नरेन्द्र बस्नेत, सचिब मन्जु भण्डारी, सचिब खेमराज रानाभाट, महासंघको कोषाधक्ष्य एसके गुरुङ, कार्यसमिती सदस्य गोमा राणा लगायत कार्यसमिती सदस्य नरेन्द्र नेम्बाङले अआफ्नो परिचय दिनुको साथै आफु आबध्द संचारसंस्था बारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै पत्रकार महासंघ यूकेको नब निर्बाचित पदाधिकारीहरुलाई एनआरएनए यूकेको महिला उपधाक्ष्य तथा २०२१-२३ लागि अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राईले शुभकामना दिनुको साथै एनआरएनए यूके र पत्रकार महासंघ यूके बिच सुमधुर सम्बन्ध रहेको र त्यो सम्बन्ध भबिष्यमा अझ प्रगाढ हुँदैजाने र सहकार्यको आपेक्षा तथा अनुरोध गर्नुभयो । त्यस्तै एनआरएनए यूकेको बर्तमान सचिब तथा आगमी कार्यकालको लागि महासचिबको प्रत्यासी जीत रानाभाटले नबनिर्बाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । त्यस्तै नबनिर्बाचित पदाधिकारीहरुलाई एनआरएनए यूके इङल्याण्ड राज्य समन्वय परिषदको अधक्ष्य तथा २०२१-२३ लागि अधक्ष्यको अर्को उम्मेदवार दीपक श्रेष्ठले एनआरएनए यूके र पत्रकार महासंघ यूकेको सम्बन्ध नङ र मासु जस्तै प्रगाढ रहेको र जसरी पत्राकार मित्रहरुले एनआरएनए यूकेको गतिबिधीलाई नेपाली समुदयमा सुसुचित गरिराख्नुभएको छ त्यसको लागि हार्दिक बधाई दिनुहुँदै भबिष्यमा पनि समाजको सत्यतथ्य कुराहरुलाई पाठक बिच पस्केर सुसुचित गर्नुहुन अनुरोध गर्दै पत्रकार महसंघ यूकेको नबनिर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिनुभयो । त्यस्तै कार्यक्रममा कृयाशील पत्रकार बाक्षस्पती रेग्मी, बरिष्ठ उपाधक्ष्य दिनेश परियार, अर्का उपाधक्ष्य शिव भण्डारी लगयातले एनआरएनए यूकेलाई धन्यवाद दिनुभएको थियो ।

फोटो सौजन्य- मिलन तमु, गोरखा मिडिया

कार्यक्रममा नबनिर्बाचित अधक्ष्य ध्रुबराज अर्यालले एनआरएनए यूकेले यसरी परिचयात्मक, बधाई र शुभकामना कार्यक्रम राख्नुभएकोमा ब्यक्तिगत रुपमा र पत्रकार महासंघ यूकेको तर्फबाट धेरैधेरै धन्यवाद दिनुभयो । पत्रकार महासंघ यूकेलाई यहाँको नेपाली समुदयले सधैं एकदमै माया र उच्च सम्मान गरेको कुरा स्पष्ट पार्नुहुँदै पत्रकार पनि यसै समुदयको एउटा तत्व वा प्राणी भएकोले पत्रकार, जनसमुदय र एनआरएनए यूके जस्ता संस्थाको अस्तित्व एकअर्कासँग भर पर्ने भएकोले सबैजना एकै साथ अघी बढुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै नबनिर्बाचित अधक्ष्य अर्यालले पत्रकार महासंघ यूकेले बेलायतमा कृयाशील पत्रकारहरुको ब्रित्ती बिकास, स्तरउन्नती, ज्ञान तथा सिप हस्तन्तरणको योजनाहरु रहेकोले सहकार्य गर्न अनुरोध गर्नुभयो । उहाँले पत्रकारितामा रुची भएका र ज्ञान भएकाहरुले प्लेटफर्म नपाएको, लोकप्रिय भएर पनि कयौ संचारहरुले निरन्तरता नपाएको जस्ता थुप्रै समस्याहरु रहेकोले त्यसतर्फ ध्यान दिएर सबैले समस्य समाधानतर्फ लाग्न अनुरोध गर्नुभयो ।

अन्त्यमा उक्त परिचयत्मक, बधाई तथा शुभकामना कार्यक्रमको अधक्ष्य तथा एनआरएनए यूकेको अधक्ष्य श्रीमती पुनम गुरुङले धेरै समयको अन्तरालपछी यसरी प्रतक्ष्य भेटघाट गर्न पाएकोमा एकदमै आत्मियताको महसुस भएको र खुशी लगेको कुरा बताइन । श्रीमती गुरुङले हामीले जतीपनी समानता वा आदर्शको कुरा गरे ता पनि अझैपनी कताकता पुरुषहरुको प्रभाब बढी भएको समाजमा अलिकती भएपनि पत्रकार महासंघ यूकेमा महिलाहरुको उपस्थिती देख्दा एकदमै खुशी लागेको कुरा सुनाइन । त्यस्तै उहाले समाज र राष्ट्रको बिकासमा संचारको एकदमै महत्वपूर्ण भूमिका रहेको र आज जुन स्थानमा आफु रहेको छ त्यसमा मेडियाको ठुलो भूमिका रहेको कुरा बाताइन् । यसको लागि सम्पूर्ण मिडिया (सन्चार) हरुलाई धन्यवाद दिनुभयो । साथै अधक्ष्य गुरुङले पत्रकारहरुको क्षमता र सीपको प्रशन्सा गर्नुहुँदै समाजलाई जसरी सुसुचित गरिरहनुहुन्छ त्यो काम कठीन भए ता पनि यहाँहरुले त्यसलाई निरन्तरता दिनुभएकोमा धन्यवाद दिनुभयो । त्यस्तै उहाँले एनआरएनए यूकेको सन्दर्भमा कहिलेकाही तथ्य र सत्यफरक समाचारहरु सम्प्रेषण भएकोले सत्य र तथ्य समाचारहरु लेख्नलाई अनुरोध गर्नुभयो । समाज परिवर्तनमा संचारको महत्वपूर्ण भूमिका हुनेभएकोले पत्रकार जगतलाई उच्च समान गर्दै र उहाँहरुको योगदानको कदर गर्दै समाजलाई सकरात्मक सन्देशहरु सुसुचित गर्नुहुन सम्पूर्ण पत्रकार जगतलाई अनुरोध गर्नुभयो । पत्रकारिता वा संचार राज्यको चौथो अङ्ग र तेस्रो आँखा भएकोले सत्य र तथ्य समाचार सन्प्रेषणको लागि अनुरोध गर्नुहुँदै नबनिर्बाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिनुभयो ।