भिक्टोरिया क्रस बिजेता वीर गोरखा सैनिक भिसी स्वर्गिय तुलबहादुर पुनको नाममा रेलको नामकरण
लण्डन । पछिल्लो समय भुपु ब्रिटिश गोरखाहरुले समकक्षी बेलायती सेना सरह सेवामा हुँदा र निब्रित्त पश्चात सम्पूर्ण सेवा सुबिधाहरु समान रुपमा पाउनुपर्दछ भनि माग तथा आन्दोलन गरिरहँदा आज भिक्टोरिया क्रस पाएका गोरखा सैनिक स्वर्गिय भिसी तुलबहादुर पुनको नाममा बेलायतमा ग्रेट वेष्टर्न रेलवे सेवाले रेल नाम तुल बहादुर पुन नामकरण गरेको छ । ग्रेट वेष्टर्न रेलवे सेवाले भिक्टोरिय क्रस प्राप्त वीर भिसी स्वर्गिय तुलबहादुर पुनको सम्मानमा उक्त रेलवे सेवाले संचालन गरेको रेलको नाम तुलबहादुर पुन नामकरण गरेको हो । लण्डनको पेडिङटन स्टेसनमा स्वर्गिय भिसी तुलबहादुर पुनको परिवार, गोरखा अभियान्तहरु, एनआरएनए यूकेका पदाधिकारीहरु र चर्चित अभिनेत्री ज्वाना लुम्लेको समुस्थितीमा औपचारिक रुपमा उक्त रेलको समुध्दघाटन गरेको छ ।
ग्रेट वेष्टर्न रेलवे सेवाले भिक्टोरिय क्रस प्राप्त वीर भिसी तुलबहादुर पुनको सम्मानमा उक्त नामकरण गरेको कुरा रेलवे सेवाको पदाधिकारीले जानकारी गराउनुभयो । दोस्रो विश्व युध्द सकेको ७५ बर्ष पुगेको अबसर पारेर उक्त नामरण गरेको हो । ग्रेट वेष्टर्न रेलवे सेवाका कम्युनिकेसन अफिसर, ड्यान पेन्सको अनुसार यस रेलवे सेवाले यस अघि पनि उच्च अनि अग्रज ब्यक्तित्वहरुको नाममा रेलहरु सन्चालन गरिसकेको र यस पटक भने भिसी तुल बहादुर पुनलाई समर्पण गर्दै रेल संचालन गर्न लागेको कुरा बताउनुभयो । ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि विभिन्न व्यक्तिका नाममा रेलहरुको नामकरण गर्दै सन्चालन गरिरहेको कुरा जानकारी गराउनु भयो ।
समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् । स्वर्गिय तुल बहादुरको नाम ईतिहासमा पहिल्यै अंकित भैसकेको र यस रेलवे नामकरण भएपछी उहाँलाई सम्झिरहने मध्दत हुने कुरा बताइन । कार्यक्रममा गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए । उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका एकवर्ष पछि सार्नुपरेको बताइन् । सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए ।
समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका हुन् । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । पुनकी श्रीमती भने अहिले नेपालमा भएका कारण कार्यक्रममा सहभागी हुन सकिनन् ।
कार्यक्रममा पूर्व गोरखाहरुको पनि उपस्थिति थियो । भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन-ब्रिस्टोल सेवामा सन्चालन हुने बताइएको छ ।
स्वर्गिय पुनको जन्म २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो भने २० अप्रिल २०११ सालमा स्वर्गरोहण भएको थियो । पुन २१ वर्षको हुँदा दोस्रो विश्वयुद्धमा वीरता देखाउनु भए बापत उहाँलाई प्रतिष्ठित भिसी मेडल प्रदान गरेको थियो ।