यस्तो छ उपेन्द्र–बाबुराम पक्षीय जसपाले निर्वाचन आयोगमा बुझाएको पत्र
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र याद र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचना आयोगमा पत्र बुझाएको छ ।
उपेन्द्र–बाबुराम पक्षले केन्द्रीय कार्यकारिणीका बहुमत सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको हो । वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार ३० जनाको हस्ताक्षर बुझाइएको छ । आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्षले दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरेको हो ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।