हङकङ FHKTA ले हङकङको लोङ्ग पिङ्ग डाँडा सरसफाई कार्यक्रम सम्पन्न

हङकङ । प्रबाशमा नेपालीहरुको बाक्लो बसोबास भएको देशहरु मध्ये एक हङकङ पनि एक हो । हङकङमा राष्ट्रिय, क्षेत्रिय र थुप्रै नेपाली जातीय संस्थाहरु कृयाशील छन् । त्यस्तै गरेर नेपाली युवा र खेलकुदसँग सम्बन्धित संस्थाहरु पनि एकाध छन् जसमध्ये Foreigners’ Hong Kong Taekwondo Association (FHKTA) पनि एक हो । बिशेष गरेर तेक्वान्डो खेलसँग सम्बन्धन रहेको यस संस्थाले खेलकुदसँगै हङकङमा बिभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ । बिगत केही बर्ष यता (FHKTA) ले हङकङको लोङ्गपिङ्ग डाँडा लगायत विभिन्न ठाउँहरुको सरसफाई कार्यक्रम अभियान सन्चालन गर्दै आइरहेको थियो तर गत बर्ष कोभिड महामारीको कारण उक्त कार्यक्रम गर्न सकिएन । तर, यस बर्ष भने हिजो मिती १४ जुन २०२१ साल सोमबारको दिन (FHKTA) ले हङकङको लोङ्ग पिङ्ग डाँडा सरसफाई कार्यक्रम सम्पन्न गरेको कुरा हङकङको सुपरिचित नेपाली युवाहरुको समुह ‘लालीगुँरास एसोसिएशन (एलजी) ग्रुप’का संयोजक एवम समाजसेबी चेतन गुरुङ्गले खबर यूकेलाई जानकारी गराउनुभयो ।

मध्यान्ह १२ बजे शुरु भएको सरसफाइ कार्यक्रम बेलुका ५ बजे सम्पन्न भएको थियो । उक्त सरसफाइ कार्यक्रममा FHKTA का अधक्ष्य ग्रान्ड मास्टर उत्तर शेर राई लगायत ५० जना प्रशिक्षार्थीहरु र ८ क्लबका प्रशिक्षकहरु (गुरुहरु) लगायत स्वयमसेवकहरुको उपस्थिती थियो । झण्डै ५ घण्टाको सरसफाइ कार्य पस्चात समापन कार्यक्रम आयोजना गरेको थियो । समापन कार्यक्रममा सरसफाइ कार्यक्रमको संयोजक युवा समाजसेवी चेतन गुरुङले लगायत ग्रान्ड मास्टर उत्तर शेर राईले सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरु र स्वयमसेवकहरुलाई धन्यवाद दिनुभयो । साथै भबिष्यमा पनि सहयोग गर्नुहुन अनुरोध गर्नुभयो ।

‘हामी जहाँ बस्छौं त्यो हाम्रो घर हो । त्यस वरिपरीको सरसफाई पनि हामीले नै गर्नुपर्दछ’, प्रशिक्षक चेतन गुरुङले भने । ‘त्यही जिम्मेवारी बोध गर्दै हामीले सरसफाई गरेका हौं ।’ हङकङमा पछिल्लो समय हाइकिङ जाने संस्कार बढेको छ यद्यपि, हाइकिङ जानेहरुले सरसफाईमा ध्यान नदिँदा हङकङका डाँडाहरमा फोहोरले भरिन थालेका छन् । आफुले प्रयोग गर्ने ठाउँको सरसफाइ गर्ने जिम्मा हाम्रै हो भनी उक्त सरसफाइ कार्यक्रम आयोजना गरेको कुरा संयोजक गुरुङले जानकारी गराउनुभयो ।

‘(FHKTA) का वरिष्ठ प्रशिक्षक चेतन गुरुङ्ग लालीगुँरास एसोसिएशन (एलजी) ग्रुप’ का संयोजक हुन् । लालीगुराँस एसोसिएशन ग्रुप हङकङमा सुपरचित नेपाली युवा समुह हो जसले हरेक बर्ष हंङ्गकङ्गको चाइनिज नयाँ बर्षको अबसरमा नेपाल लगायत इन्डियाका चर्चित कलाकारहरुको साथमा मनोरन्जनात्मक कार्यक्रम देखि सामाजिक कार्यहरु आयोजना गर्दै आइरहेका छन । यस समुहले नेपालको चर्चित हाँस्या कलाकार द्वय- मदन कृष्ण श्रेष्ठ र हरिबन्श आचार्यको कार्यक्रम देखि इन्डियाको चर्चित रियालिटी शो- डान्स प्लसका चर्चित नेपाली कलाकारहरु, सोही शो मा चर्चा अनि नाम कमाएका नेपाली डान्स समुह वाइल्ड रिपर्ज क्रिउ आदिको शो हङकङमा आयोजना गरिसकेका छन । अहिले कोभिड महामारीको कारण मनोरन्जनका कार्यक्रमहरु आयोजना नगरे ता पनि छुटफुट रुपमा सामाजिक कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

https://www.facebook.com/laliguranshk/videos/1650440968676774

यसै ‘लालीगुँरास एसोसिएशन (एलजी) ग्रुप’ को संयोजक हुन- चेतन गुरुङ । चेतन हङकङका नेपाली युवाहरु माझ सुपरिचित नाम हो । उनले हङकङमा FHKTA तेक्वान्डो क्लबको योलोङ शाखा सन्चालन गर्दछन । उनी आँफै पनि तेक्वाण्डोको ब्ल्याकबेल्ट चौथो डन हुन । उनले सन २०१२ मा हङकङको बिधान सभा सांसद पदको लागि चुनाव लडेका थिए तर सफल भने भएन । चेतन गुरुङ हङकङका अरु थुप्रै सामाजिक संघसंस्थाहरुसँग अबध्द छन् र सामाजिक कार्यहरुमा ब्यस्त रहन्छन ।

स्मरण रहोस् – कोभिड शुरुवात भएको बेला हङकङमा मास्कको कमी (shortage) भएको बेला सबैभन्दा पहिला लालीगुराँस ग्रुपले चेतन गुरुङकै संयोजकतामा नेपालबाट मास्क मगाएर हङकङबासी जनतालाई बितरण गरेका थिए, पछी नेपालमा मास्कको कमी भएको समयमा फेरि पचास हजार मास्क किनेर नेपाल पठाएर सहयोग गरेको थियो ।