एनआरएनए यूकेपछि तमु धिं यूकेले गर्‍यो सबैभन्दा धेरै परिमाणमा सहयोग

२५ थान अक्सिजन कन्सर्न्ट्रेटर र १० लाख रुपियाँ सहयोग

पोखरा । तमु धिं यूकेले नेपालको गण्डकी प्रदेश (४ न प्रदेश)को पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ थान अक्सिजन कन्सर्नट्रेटर र बतास फाउन्डेसनलाई अक्सिजन प्लान्ट निर्माणको लागि १० लाख रुपियाँ प्रमुख अथिती- मुख्यमन्त्री प्रिथ्बीसुब्बा गुरुङको उपस्थितीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निर्देशक डा भरत बहादुर खत्रीलाई आज बिहान एक कार्यक्रम आयोजना गरी हस्तन्तरण गरेको छ ।

कार्यक्रमको प्रमुख अथिति- गण्डकी प्रदेशको मुख्यमन्त्री प्रिथ्बीसुब्बा गुरुङले तमु धिं यूकेको निरन्तर सहयोगप्रति हार्दिक आभर ब्यक्त गर्नुहुँदै तमु धिं यूके गुरुङहरुको वा जातिय संस्था भएता पनि संस्थाले समग्र नेपालीलाई सहयोग गर्दै आइराखेको छ, यसको लागि गण्डकी प्रदेश सरकारको तर्फबाट तमु धिं यूकेलाई धन्यवाद दिन चाहन्छु । मुख्यमन्त्री गुरुङले “तमुहरु र नेपालीहरुको प्राय दु:ख र बिपतमा तमु धिं यूकेले यसरी लगातर सहयोग गर्नुभएकोमा हार्दिक आभर प्रकट गर्दछु” भन्नुभयो । गण्डकी प्रदेशले कोभिड महामारीको बेला र कोभिड नियन्त्रणको लागि अरु प्रदेशहरु भन्दा तुलनात्मक रुपमा राम्रो गरीरहेको कुरा जानकारी गराउनुभयो । महामारीको बेला सबै मिलेर यस महामारीसँग लड्नुपर्ने समयमा केन्द्र (संघ) देखि प्रदेशसम्म कुर्सीको खेलको महामारी चलेको छ तर पनि कोभिड नियन्त्रणको लागि आफुले सकेको प्रयास गरिरहेको कुरा अवगत गराउनुभयो । मुख्यमन्त्री गुरुङले तमु धिं यूकेको अधक्ष्य, कार्यसमिति र चन्दा दाताहरुलाई बिशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रदेशका माननीय सांसदहरु- मिन प्रसाद गुरुङ, मन बहादुर गुरुङ, श्रीमती मीना गुरुङले तमु धिं यूकेले यसरी निरन्तर सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभयो । त्यस्तै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निर्देशक, सचिब, तमु धिं यूके र एनआरएनए यूकेको भुपु अधक्ष्य द्वय- मुक्षेत्र गुरुङ, मेजर रिटायार्ड डम्म्बर घले, कार्यसमिति सदस्य भोज गुरुङ लगायतले तमु धिं यूकेलाई यस पुण्य कार्यको लागि धन्यवाद दिनुभयो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निर्देशक डा भरत बहादुर खत्रीले सहयोगको लागि धन्यवाद दिनुहुँदै अक्सिजन कन्सर्नट्रेटरहरु अति आवस्यक अस्पतालहरु र बिरामीहरुको लागि उपयोग वा प्रयोग गरिने कुरा अश्वस्त दिलाउनुभयो ।

त्यस्तै हस्तन्तरण कार्यक्रमपछि जूममा तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले आफ्नो कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, संस्थापक तथा भुपु अधक्ष्यहरु र मुख्य गरेर चन्दा दिनुहुने प्रमुख संस्थाहरु र चन्दादाताहरु सम्पूर्णलाई सह्रीदय धन्यवाद दिनुभयो । अधक्ष्य गुरुङले बिशेष गरेर नेपालको राष्ट्रिय सभाको अधक्ष्य गणेश तिमिल्सेनाज्युलाई बिशेष आभर प्रकट गर्नुभयो । अधक्ष्य तिमिल्सेनाको सहयोगमा चाइना देखि सामन ल्याउने, भन्सार छुट र पोखरा ढुवानी समेत सबै निशुल्क प्रबन्ध गराउनु भएको थियो ।

अक्सिजन कन्सर्नट्रेटर हस्तन्तरण कार्यक्रम तमु धिं यूकेको नेपाल प्रतिनिधि तथा सल्लाहकार मेजर रिटायार्ड लक्षीमी प्रसाद गुरुङले संचालान गर्नुभएको थियो । मेजर गुरुङले कार्यक्रम राम्रैसँग सम्पन्न भयो भन्ने विश्वास गर्नुहुँदै निरन्तर सहयोगको लागि तमु धिं यूकेलाई हार्दिक धन्यवाद दिनुभयो ।

कार्यक्रममा पत्रकार द्वय- तमु धिं नेपालको अधक्ष्य तथा संचारकर्मी हुम गुरुङ र संचारकर्मी खिमा गुरुङले पनि तमु धिं यूकेलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै संचारकर्मी हुम गुरुङ र तमु मै ताँको संचालक युग गुरुङले सामाजिक सन्जाल फेसबुकमा कार्यक्रमको प्रतक्ष्य प्रसारण गर्नुभएको थियो ।