नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

टेनिस स्टार राफेल नाडाल र नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन् । ​

नाडालले जानिक सिनरलाई ७-५, ६-३ र ६-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए। नाडालले क्वाटरफाइनलमा डियोगो स्वार्टम्यानसँग प्रतिष्पर्धा गर्ने छन् । साविक च्याम्पियन नाडाल कीर्तिमानी २१ औ ग्रान्डसलाम जित्ने प्रयासमा रहेका छन् । नाडाल फ्रेन्च ओपनका सर्वाधिक सफल खेलाडी हुन् ।

त्यस्तै विश्व नम्बर एक नोभाक जोकोभिचले पनि क्वाटर फाइनलमा स्थान बनाउन सफल भएका छन् । १८ पटकका ग्रान्डसलामा विजेता जोकोभिचले संघर्षपुर्ण खेलमा १९ वर्षिय ७६ औँ बरियता प्राप्त लोरेन्जो मुसेत्तीलाई पराजित गरे ।

उनले मुसेत्तीलाई ६-७, (७-९), ६-७ (२-७), ६-१, ६-० र ४-० ले पराजित गरे । अब क्वाटरफाइनलमा जोकोभिचले फेडेररले नाम फिर्ता लिएपछि सोझै क्वाटरफाइनल पुगेका इटालियन माटीयो बेरीटीनीसँग प्रतिष्पर्धा गर्ने छन् ।