सफल युवा ब्यवसायी चन्दन गुरुङले एनआरएनए यूकेको असन्न निर्वाचनमा यूवा संयोजकमा उम्मेदवारी

अल्डरसट, ह्यम्पसायर । बेलायतमा नेपालीहरुको राजधानी तथा लिटल नेपाल भनेर चिनेने अल्डरसटमा पानस रेस्टुरेन्ट सन्चालन गर्दै आउनुभएका सफल युवा ब्यवसायी तथा युवा समाजसेवी चन्दन गुरुङले एनआरएनए यूकेको असन्न निर्वाचनमा यूवा संयोजकमा उम्मेदवारी दिनुभएको छ । उहाँ एनआरएनए यूके इंगल्याण्ड राज्य समन्वय परिषदको बर्तमान सहकोषाधक्ष्य पनि हुन् । पुरानो घर पर्बत अर्थर डाँडाखर्क घर भइ बिगत एक दशकदेखि यूके अल्डरसट बस्दै आउनुभएका गुरुङ लोकप्रिय यूवा नेता तथा समाजसेवी हुन् । अल्डरसट भलिबल संघको संस्थापक अधक्ष्य, युवा नेता गुरुङको नेतृत्वमा हरेक बर्ष अल्डरसटमा भलिबल प्रतियोगिता आयोजना हुन्छ ।

खेलकुद बाहेक गुरुङले हालको कोभिड महामारीको समयमा त्यस क्षेत्रका नेपालीहरुलाई र नेपाली ब्रिध्दहरुलाई बिशेष सहयोग दिदै आइराख्नु भएकोछ । स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनेदेखि राहत बितरण र भ्याक्सिन लगाउने कार्यक्रममा सकृया स्वयंसेवक भएर अग्रपंक्तिमा रही समाजसेवा गरिराख्नु भएकोछ । गुरुङ्ग पर्वत वेलफेयर सोसाईटीको कार्यसमिति सदस्य पनि हुन । विभिन्न सामाजिक संघसंस्थाहरुसँग आबध्द भएर समाजसेवाको अनुभबहरु र ब्यक्तिगत सीप तथा ज्ञानको उपयोग गरी एनआरएनए यूके मार्फत बृहत समाजसेवा गर्ने चाहना भएकोले उम्मेदवार दिएको कुरा खबर यूकेलाई बताउनुभयो । युवाहरूको आवाज नै मेरो आवाज हो र समाज परिवर्तन गर्न युवाहरूको महत्वपुर्ण भुमिका हुन्छ त्यसैले युथ संयोजकको भूमिका रहेर युवाहरुलाई संगठीत गर्ने मेरो चाहना हो- गुरुङले भन्नुभयो । युवाहरूको र अग्रजहरूको साथ सहयोग पाएर नै आफु अगाडी बढेको कुरा बताउनु भयो ।

एनआरएनए युके इंगल्याण्ड राज्य समन्वय परिषदमा सहकोषाध्यक्ष भएर काम गर्दा एनआरएनएबारे धेरैथोरै सिक्ने र दिने मौका पाएँ । आगमी कार्यकालमा अहिलेको भन्दा माथिल्लो पदमा (राष्ट्रिय परिषदको) कार्यसमितिमा बसेर समाजसेवा गर्ने इछ्या लागेकोको र युथ संयोजक उचित पद लागेकोले उम्मेदवारी हुँं- गुरुङले भन्नुभयो । गुरुङ आफ्नो रेस्टुरेन्ट ब्यवसायबाट समय निकाल्दै खेलकुद र समाजसेवा गर्ने गर्छन् । उनले बेलायतबासी नेपालीलाई एनआरएनए यूकेको सदस्य बनेर असन्न निर्वाचनको आफुलाई यूवा संयोजकमा अत्यधिक मतले बिजयी गराईदिनु हुन बिनम्र अनुरोध गरेका छन् । सबैको साथ अनि सहयोग मिल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।